मध्यपुर थिमिमा मल्लकालिन युद्धको झल्को दिने खाँ पिहाँवईगु जात्रा सम्पन्न

0
मध्यपुर थिमिमा मल्लकालिन युद्धको झल्को दिने खाँ पिहाँवईगु जात्रा सम्पन्न


मध्यपुर थिमि । मोहनी नखःको चौथोैं दिन अर्थात् एकादशीमा बिहिवार मध्यपुर थिमिमा मल्लकालिन युद्धको झझल्को दिने गरी खाँ पिहाँवईगु (खाँ निस्कने) जात्रा ह्न्छ । तत्कालिन थिमि क्षेत्रको शासनको केन्द्रविन्दुको रुपमा रहेको राजदरवारको रुपमा रहेको लाय्कु (दरबार) स्थित तलेजु भवानीको द्यो छें (देव घर) बाट खड्ग, तरबार, ढाल, युद्धकवज लगायत मल्लकालिन युद्धमा प्रयोग हुने सामग्रीहरुका साथ युद्धकला प्रदर्शन गर्दै खाँ पिहाँवईगु जात्रा सम्पन्न गरिन्छ ।

दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारहरुले जामा लगाएर खड्ग, ढाल र तरबार हातमा बोकेर तत्कालीन युद्धकला नगरका विभिन्न टोलमा प्रदर्शन गर्दछन । तत्कालीन दरबारबाट निकालिने यो जात्रालाई थहने टोल (माथिल्लो टोल)को रूपमा ईनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थियो ।

जात्रामा दसैंको नवमीमा तलेजु भवानीलाई चढाएको बलि र कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराईन्छ । विशेषगरी यो जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष संलग्नता रहन्छ । जात्रामा महानवमीको राति तलेजुमा बलि दिइएको खःम्येको (राँगाको) टाउको समेत नगर परिक्रमा गराई प्रदर्शन गरिन्छ । जात्राका अवसरमा बालकुमारी मन्दिरको अगाडि रहेको ढुंगामा बनेको सानो खाल्डोमा भुईंफसी (कुभिण्डो) राखी मार हानेर बली दिईन्छ । बली दिइएको कुभिन्डो प्रसादको रुपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेको छ । जात्राको अन्तिममा भुईफसी मार हान्ने भएकाले यसलाई भुईफसी पालेगु जात्रा पनि भनिन्छ । जात्राका केही तस्बिरहरु









Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top