भक्तपुर । भिमसेन बचत तथा ऋण सहकारी संस्था लि. मध्यपुर थिमिले आर्थिक बर्ष २०७८÷७९ मा १६ लाख ७५ हजार ३ सय ५ रूपैयाँ सञ्चालन नाफा गरेर २३ लाख २७ हजार ४ सय ५८ रूपैयाँ जगेडा कोष बनाउन सफल भएको छ । संस्थाको असोज १५ गते शनिवार सम्पन्न १५ औं बार्षिक साधारण सभामा सो कुराको जानकारी गराएको हो । सभामा संस्थाका अध्यक्ष मोहनसुन्दर श्रेष्ठले कोराना भाइरसको प्रभावबाट सामान्यीकरण तर्फ अघि बढिरहेको अवस्थामा युक्रेन र रूसबीचको लडाईका कारण बिश्वका सम्पुर्ण क्षेत्र प्रभावित भई बस्तुहरूको उत्पादनमा समेत ह्रास आएको कारण विश्वका सम्पुर्ण देशहरूमा मुल्य बृद्वि भई नकारात्मक असर परेको बताए । मध्यपुर थिमि नगरपालिकाले सहकारी ऐन २०७९ जारी गरिएकोमा धन्यवाद ज्ञापन गर्दै नगरपालिकाको सहकारी शाखाबाट जारी हुने नियमावली, तथा विनियममा अधिनमा रही सहकारीहरू सञ्चालन गर्दा संस्था अझ सुरक्षित हुने बताए ।
सभामा संस्थाका सचिव राकेश श्रेष्ठ संस्थाले बर्षभरीमा गरेका विभिन्न गतिविधि सहितको प्रगति प्रतिवेदन पेश गर्दै संस्थाले आगामी बर्ष सदस्यहरूलाई सहकारी बिज्ञहरूबाट आधारभुत सहकारी शिक्षा तथा सिपमुलक तालिम प्रदान गर्ने, सामाजिक क्षेत्रमा सक्दो आर्थिक तथा भौतिक सहयोगलाई निरन्तरता दिने, दुर्घटना÷जीवन बिमा गर्ने, शेयरपुँजी बृद्वि गर्ने लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने बताए । संस्थाका जेष्ठ नागरिक सदस्य राजमाया मकै प्रजापतिले पानसमा दिपप्रज्वलन
गरि उद्घाटन गरिएको सो कार्यक्रममा संस्थाका कोषाध्यक्ष रेश्मा श्रेष्ठले संस्थामा आर्थिक बर्ष २०७८÷७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा संस्थाका बालबचतकर्ता र एसईई उतिर्ण बिद्याथीहरूलाई समेत सम्मान गरेको थियो भने आगामी एक बर्षका लागि रिक्त सचिव पदमा ’संस्थाका शेयर सदस्य सान प्रजापति मनोनयन गरिएको जानकारी गराएको थियो ।



%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
