मध्यपुर साकोसको २२ औं बार्षिक साधारण सभा सम्पन्न

0


भक्तपुर । मध्यपुर बचत तथा ऋण सहकारी संस्था लि मध्यपुर थिमिको २२ औ बार्षिक साधारणसभा असोज २९ गते शनिवार सम्पन्न भएको छ । बागमती प्रदेश सभाका उद्योग बाणिज्य तथा आपूर्ती राज्यमन्त्री रजनी जोन्छेले उद्घाटन गर्दै सहकारीले मुलुकको आर्थिक क्षेत्रमा विशेष योगदान पुर्याएकोले सहकारीलाई अर्थतन्त्रको एक खम्बाको रूपमा लिएको बताए ।

सभामा संस्थाका अध्यक्ष महेश्वरमान श्रेष्ठले बार्षिक प्रतिवेदन पेश गर्दै संस्थाले आव २०७८÷७९ मा १६ लाख ७ हजार रूपैयाँ सञ्चालन नाफा गरेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक तथा राजनीतिक अस्थिरता तथा बिश्वभरी फैलिएको कोभिडका कारण सहकारी क्षेत्रमा पनि असर पारेको भन्दै आगामी आव २०७९÷८० मा संस्थाले महिला कानुन, सहकारी शिक्षा, स्वास्थ्य शिक्षा, स्वआय आर्जन हुने सिपमुलक तालिमहरू सञ्चालन गर्ने योजना रहेको बताए ।

बचत तथा ऋण नितिमा संस्थाका सदस्यहरूको हितलाई मध्यनजर राखि समसामयिक रूपमा सुधार गर्ने, निक्षेप तथा कर्जा हिसावको ब्याजदरमा देशको आर्थिक क्षेत्रको अवस्था हेरी समसामयिक परिवर्तन गर्दै जाने लगायतका योजना रहेको भन्दै अध्यक्ष श्रेष्ठले सामाजिक उतरदायित्व समेत बहन गर्न समुदायमा आधारित सामुदायिक भवन, पाटी, पौवा निर्माण तथा संस्कृतिको संरक्षण गर्ने कार्यमा सहयोग गर्ने बताए । 

सभामा संस्थाका कोषाध्यक्ष रबिन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेको सभामा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का कोषाध्यक्ष कान्छाभक्त घजुले प्रदेश सरकारले सहकारीहरूलाई करको बोझ थुपारेको आरोप लगाउदै घर जग्गा रोक्का करमा अनावश्यक रूपमा बृद्धि गरेको बताए । बागमती प्रदेशमा मात्रै कर बृद्धि गरेको भन्दै कोषाध्यक्ष घजुले जिल्ला बचतले मात्रै विभिन्न बैकको ब्याजमा कर कार्यालयसंग अग्रिम ब्याज कर ३ करोड भन्दा बढि फिर्ता लिनु परेको बताए । उनले सो रकम सरकारले फिर्ता नदिएकोले सरकारले यसमा विशेष ध्यान समेत अनुरोध गरे । 

सभामा संस्थाका सचिव गणेशमान श्रेष्ठ, उपाध्यक्ष तुल्सीमान श्रेष्ठ लगायतका ब्यक्तिले बढि ब्याज पाउने प्रलोभनमा नफस्न आफ्ना शेयर सदस्यहरूमा आग्रह गर्दै आफ्नै सहकारीमा मात्रै आर्थिक कारोवार गर्न अनुरोध गरेको थियो । सभामा संस्थाका जेष्ठ सदस्य र एसईई उतिर्ण बिद्याथीहरूलाई समेत सम्मान गरेको थियो भने कार्यक्रमको संचालन संस्थाका संचालक सदस्य कान्छा श्रेष्ठले गरेको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top