भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा (१) मा किरण थापा र (२) मा डा. राजेन्द्रमान श्रेष्ठ बिजयी

0

भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा (१) मा किरण थापा र (२) मा डा. राजेन्द्रमान श्रेष्ठ बिजयी


भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) र (२) को प्रदेशसभा सदस्यमा नेकपा एमाले र नेकपा समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् । मध्यपुरथिमिको बोडेस्थित कृषि बिकास बैंकको तालिम केन्द्रमा सम्पन्न मतगणनामा प्रदेशसभा (१) मा नेकपा एमालेका किरण थापा र (२) मा नेकपा समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ विजयी भएको हो ।

सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार प्रदेशसभा (१) मा एमालेका उम्मेदवार थापाले गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका विष्णुराज कार्कीलाई तीन हजार १८५ मतान्तरले पछाडि पार्दै विजयी भएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए । एमालेका थापाले १५ हजार ११८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका कार्कीले ११ हजार ९३३ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सरोजराज गोसाईले तीन हजार ८६ मत प्राप्त गरे भने राप्रपाका उम्मेदवार बिक्रम थापाले चार हजार २७० मत प्राप्त गरेका थिए ।

त्यसैगरि प्रदेशसभा (२) मा गठबन्धनका उम्मेदवार नेकपा (समाजवादी)का डा. राजेन्द्रमान श्रेष्ठले नेकपा एमालेका उम्मेदवार चन्दनकृष्ण श्रेष्ठसँग ३१० को मतान्तरले विजयी भएको हो । सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार नेकपा समाजवादीका डा. श्रेष्ठले आठ हजार ३४१ मत प्राप्त गरि विजयी भए भने एमालेका श्रेष्ठले आठ हजार ३१ मत प्राप्त गरे । २०७४ को निर्वाचनमा पनि डा. श्रेष्ठले नेकपा एमालेबाट विजयी भई वाग्मति प्रदेशसभामा निर्वाचित भएको थियो भने उनको प्रदेशसभामा दोश्रो प्रवेश हुने भएको छ । त्यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेदवार रमेश बैद्यले ६ हजार ८३१ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार पञ्चकृष्ण श्रेष्ठले तीन हजार ७५० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top