भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश (क) अर्थात चाँगुनारायण नगरपालिका क्षेत्रमा नेपाली काँग्रेसका सुरेश श्रेष्ठले विजय हासिल गरेका छन् । लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका काँग्रेसका युवा नेता श्रेष्ठले ९ हजार ४२४ मत प्राप्त गरि विजयी भएको हो ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार मोहनबीर श्रेष्ठलाई एक हजार २१२ मतान्तरले पछाडि पार्दै श्रेष्ठ विजयी भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद वास्तोलाले जानकारी दिएका छन् । एमालेका श्रेष्ठले आठ हजार २१२ र नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले आठ हजार २०१ र राप्रपाका राजु कुइँकेलले पाँच हजार ९४५ मत प्राप्त गरेको छ ।
त्यस्तै भक्तपुर क्षेत्र नं. १ प्रदेशसभा (ख) मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुरेन्द्रराज गोसाई भारी मतले विजयी भएका छन । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको हलमा सम्पन्न मतगणनाको परिणाम अनुसार गोसाईले २९ हजार ७०४ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत बास्तोलाले जानकारी दिए ।
उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका पवन भुजुले तीन हजार १६१ मत प्राप्त गरे । त्यस्तै एमालेका उम्मेदवार नारायणसुन्दर सिन्तकलाले दुई हजार ४२८, राप्रपाका रोशन नापितले १ हजार ९०५ मत प्राप्त गरेका छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
