नेपालभाषाको चलचित्र “गालय् वन” थिमिमा ३ शो प्रदर्शन हुने

0

नेपालभाषाको चलचित्र “गालय् वन”को थिमिमा ४ शो हुने


मध्यपुर थिमि । नेपालभाषाको चलचित्र “गालय् वन” थिमिको थिमि बेंक्वेट पार्टी प्यालेसमा पुष १६ गते शनिवार प्रदर्शन हुने भएको छ । बिहान ११ बजे, २ बजे र ५ बजे गरि जम्मा ३ शो हुने चलचित्रका व्यवस्थापक, कलाकार सुरेन्द्र ग्वाय्मरु श्रेष्ठले जानकारी दिएका छन् ।

बर्तमान अवस्थाको मौलिक अग्र्यानिक बिषयबस्तुमा आधारित नपालभाषाको चलचित्र भनेर चर्चा पाएको यो चलचित्र एस स्क्वायर ईन्टरप्राईजेजको ब्यानरमा निर्माण भएको हो । फरक विषयबस्तुमा निर्माण भएको नेपाल भाषाको चलचित्र “गालय् वन” करिब १०० बर्षअगाडि को समाजिक जनजीवनमा हुने बास्तविक घटनामा आधारित चलचित्र भएको निर्माण पक्षले जनाएको छ ।

कथा, पटकथा, संवाद लेखक र गीतको रचना पुरुषोत्तम पक्का (चकलेट) को रहेको छ । यो चलचित्र सामाजिक जनजीवनमा आधारित मौलिक चलचित्र भएकोले दर्शकहरु माझ चर्चाको विषय भएको र भक्तपुरमा निर्माण भएको यो फिल्म भक्तपुरकै बाराही मुभिज हलमा पहिलो पटक प्रदर्शन भएको थियो भने त्यस पछि दोस्रो पटक लुभुमा कार्तिक १९ गते शनिबार र काठमाडौंको सुन्धारा स्थित सिटीसी मलमा कार्तिक २६ गते शनिबार तेस्रो पटक भव्य रुपमा प्रदर्शन भएको थियो ।

कलाकारसमेत रहेका संयुक्त स्थापितद्वारा निर्देशित “गालय् वन”का निर्माता अजय दुवाल हुन् ।  मेक अप आशा तामाङ, संगीत पुर्णमान महर्जन, संगीत संयोजन जीवित महर्जन जल्मी, रेकर्डिङ र मिक्सिङ सुरेन्द्र श्रेष्ठ, गायक÷गायिका पुर्णमान महर्जन र रत्न शोभा महर्जन, कला निर्देशन रेणु सुवाल, पाश्र्व संगीत र डबिङ अन्जन श्रेष्ठ, ब्यवस्थापन सिताराम माक (मनका राजा) र सुरेन्द्र ग्वाय्ुमरु श्रेष्ठ, नृत्य निर्देशन रविता बाके, द्वन्द निर्दशन र सहायक निर्देशन लक्ष्मी प्रसाद भैल (ॐ बाबा) त्यस्तै छायांकन र सम्पादक बाल कुमार मगरले गरेका हुन् ।

नेपालभाषाको चलचित्र “गालय् वन”को थिमिमा ४ शो हुने

चलचित्रमा शोभा महर्जनका साथ किरण जोशी, कमल प्रसाद भट्ट र मन्जु श्रेष्ठले प्रमुख भूमिका निभाएको चलचित्रमा पुरुषोत्तम पक्का (चकलेट), अन्नपुर्णेस्वरी श्रेष्ठ, राजेश गोसाईं, मनी मैंया प्रजापति, शुप्रभा गैजु, श्रृजना प्रजापति, विक्रम प्रजापति, रजत श्रेष्ठ, अजय दुलाल, महेश प्रकाश हाडा, पुर्ण कुमार अवाले, सिताराम माक(मनका राजा), विश्व नारायण भैल, रोशनी श्रेष्ठ, कमला बैजु, जीवन ट्वाति, जुनु सितिखुको अभिनय रहेको यस फिल्मलाई नेपाल भाषा चलचित्र क्षेत्रमा अग्र्यानिक चलचित्रको रुपमा चर्चा पाएको छ ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top