एसहाङ रानोहोँछा
काठमाडौ, १७ माघ । भूतपूर्व ब्रिटिस गोरखाहरुको अग्रणी, पहरेदार संस्था गोरखा भूतपूर्व सैनिक संघ (गेसो)को एक प्रतिनिधिमण्डलले गोरखाका समस्या समाधान गर्न बेलायत सरकार, नेपाल सरकार र पीडित गोरखाका प्रतिनिधि सम्मिलित भईरहेको वार्तालाई ठोस निर्णयमा पुराउन आग्रह गर्दै परराष्ट्रमन्त्री विमला पौडेल राईसँग भेटवार्ता गरेको छ ।
परराष्ट्रमन्त्री पौडेल राईको सरकारी निवासमा गेसोका सभापति कृष्ण कुमार राईको नेतृत्वमा गएको प्रनिनिधिमण्डलले वार्ता सफल बनाउन र पीडितहरुलाई न्याय दिलाउन माननीय मन्त्रीको ध्यानाकर्षण गराउदै सक्दो अनि प्रभावकारी भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ ।
परराष्ट्रमन्त्रीसँगको भेटवार्तामा प्रतिनिधिमण्डलको नेतृत्व गरेका गेसो सभापति राईले गोरखाहरुको मुद्दा केवल गोरखाको मात्र नभइ सिंगो मुलुक अर्थात् राष्ट्रिय मुद्दा भएको अवगत पनि गराएका थिए । सो अवसरमा माननीयमन्त्री पौडेल राईले गेसो प्रतिनिधिमण्डललाई आफूले सकेसम्म गोरखाहरुको वर्षौ लामो समस्या समाधान गर्न सकारात्मक रहेको बताउँदै सर्वप्रथम कूटनीतिक पहल गरी आवश्यक कदम चाल्न परराष्ट्रका अधिकारीहरुसँग यथाशीघ्र परामर्श अनि छलफल गरी बेलायतका लागि नेपाली राजदूतलाई पत्राचार गर्ने प्रतिबध्दतासमेत जाहेर गरेकी छन् ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
