रिल्सलाई फेसबुक स्टोरीमा कसरी सेयर गर्ने ?

0

 

रिल्सलाई फेसबुक स्टोरीमा कसरी सेयर गर्ने ?

काठमाडौं । टिकटकको प्रतिस्पर्धीको रुपमा पछिल्लो समय भिडियो प्लेटफर्मको रुपमा विकास भएको फेसबुक पेज 
Reels लोकप्रिय हुँदै गएको छ । फेसबुक मातहतकै प्लेटफर्मको रुपमा रहेको इन्स्टाग्राम रिल्सलाई चर्चित बनाउन फेसबुकले विभिन्न फिचरहरु उपलब्ध गराउने गरेको छ ।

प्रयोगकर्ताले आफ्ना रिल्स भिडियोलाई फेसबुक, ह्वाट्सएप तथा ट्वीटरलगायतका प्लेटफर्ममा सेयर गर्न सक्छन् । रिल्सलाई आफ्ना धेरैभन्दा धेरै साथीसँग पु¥याएर लोकप्रिय बनाउने सबैभन्दा सजिलो, भरपर्दो र छिटो माध्यम चाहिं त्यसलाई फेसबुक स्टोरीमा सेयर गर्नु नै हो । यसो गर्दा तपाईंको रिल्स भिडियोमा धेरै भ्युज आउने सम्भावना हुन्छ । तसर्थ रिल्सलाई फेसबुकको स्टोरीमा कसरी गर्ने सेयर गर्ने त ? यसबारे केही टिप्स यस प्रकार छ ः

–    सबैभन्दा पहिला आफ्नो फेसबुक लगइन गर्नुहोस् । यदि तपाईंको फेसबुक एप अपडेट छैन भने सुरुमा एप अपडेट गर्नुहोस् ।

–     त्यसपछि फेसबुक प्रोफाइल आइकनमा जानुहोस् । त्यहाँ तपाईंले Post / Reels गरी दुईवटा आइकन देख्न सक्नुहुन्छ । त्यसमध्ये रिल्सको अप्सनमा क्लिक गर्नुहोस् ।

–     त्यसपछि तपाईंले जुन रिल्स भिडियो सेयर गर्न चाहनुभएको हो त्यसलाई छान्नुहोस् ।

–     रिल्समा क्लिक गरेपछि पिंधको दायाँपट्टिको छेउमा सेयर अप्सन देखिनेछ, त्यसमा क्लिक गर्नुहास् । त्यसपछि Share to your story अप्सन देखिनेछ । तपाईंले त्यसमा क्लिक गर्नुपर्नेछ । त्यति गरेपछि तपाईंले उक्त रिल्सलाई सिधै स्टोरीमा सेयर गर्न वा सम्पादन गरेर समेत सेयर गर्न सक्नुहुन्छ ।

–     त्यसक्रममा तपाईंले स्टोरीमा क्याप्सन लेख्न वा संगीत थप्न पनि सक्नुहुन्छ । साथै फेसबुक स्टोरीमा साथीहरुलाई ट्याग गर्न पनि सक्नुहुन्छ । - एजेन्सीको सहयोगमा


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top