भक्तपुर । मध्यपुर थिमि नगरव्यापी प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतवारबाट सानोथिमि स्थित खेल मैदानमा शुरु भएको छ । प्रतियोगितामा नगरका ३२ विद्यालयका ७८० जना छात्रछात्राको सहभागिता रहेको छ ।
प्रतियोगितामा भलिबल, कब्बडी, एथलेटिक्सतर्फ १५०० मिटर दौड, ३००० मिटर दौड, त्रिपलजम्प, सटपुट, हाइजम्प, लम्पजम्प, ज्याभलिन थ्रो, रिले दौड ४ गुणा ४०० मिटर, ४ गुणा १०० मिटर दौड, ८०० मिटर दौड र मार्सल आर्टतर्फ कराँते, उसु र जिम्न्यास्टिकमा प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा पदक संख्याका आधारमा विजेता विद्यालयको छनोट हुने नगरपालिकाले जनाएको छ । विजेता विद्यालयलाई आकर्षक शिल्ड प्रदान गरिनेछ । त्यसैगरी प्रत्येक खेल र खेलका विभिन्न स्पर्धामा प्रथम, द्धितिय र तृतिय हुने खेलाडीहरुलाई पदक र प्रमाणपत्र प्रदान प्रतियोगिता माघ २४ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताका खेलहरु एसओएस हर्मन ग्रामर सेकेन्डरी, बोडे मावि, सानो थिमिस्थित मध्यपुर खेल मैदान, निलबाराही बैंक्वेटमा हुनेछ ।
प्रतियोगितामा आस्था महिला विद्यालय, आयाम मन्टेश्वरी, एक्टिभ इङ्गलिस स्कुल, आदर्श जनप्रेमी इङ्गलिस सेकेन्डरी स्कुल, आदर्श मावि सानोथिमि, आदर्श मावि लाय्कु थिमि, भक्तपुर इङ्गलिस सेकेन्डरी स्कुल, बोडे मावि, चाणक्य सेकेण्डरी स्कुल, ग्लाडस्टोन एकेडेमी, क्रियटिभ लर्नर्स एकेडेमी, एभरेष्ट पब्लिक एकेडेमी, गणेश सेकेन्डरी स्कुल, ग्लोरी इङ्गलिस स्कुल, हिमचुली एकेडेमी, कौशलटार इङ्गलिस बोर्डिङ स्कुल, माउण्ड सिनाई इङ्गलिस बोर्डिङ स्कुल, नौलो ज्योती इङ्गलिस बोर्डिङ स्कुलको सहभागिता रहेको छ ।
यसैगरी नवरत्न इङ्गलिस सेकेन्डरी स्कुल, नर्थ प्वाईन्ट इङ्गलिस बोर्डिङ स्कुल, साहारा राष्ट्रिय विद्यालय, सरस्वती आधारभुत विद्यालय, सिवर्ड इन्टरनेसनल सेकेन्डरी स्कुल, श्री बालप्रेमी सेकेन्डरी स्कुल, श्री जनक सिद्धिकाली सेकेन्डरी स्कुल, स्मल किड्स एकेडेमी, एसओएस हर्मन ग्रामर सेकेन्डरी स्कुल, सुप्रिम एकेडेमी, युनिक नेपाल एकेडेमी, विनायक शिक्षा निकेतन इङ्गलिस स्कुल, वेलफेयर एकेडेमी र जेनिथ एकेडेमीले पनि भाग लिएका छन ।
प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले खेलकुद विकासलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको बताउँदैं विद्यालयस्तरबाटै खेल र खेलाडीहरुको क्षमता अभिबृद्धिका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शुरुवात गरेको बताए ।
नगरपालिकाले खेलाडी उत्पादन गर्ने उद्देश्यले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको जानकारी दिँदैं नगर खेलकुद विकास समिति गठन गरी खेल क्षेत्रलाई थप व्यस्थित गर्दै लैजाने प्रतिवद्धता पनि जनाएका छन् ।
उपप्रमुख विजयकृष्ण श्रेष्ठले पहिलो पटक आयोजना गरिएको मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालय र विद्यार्थीहरुको सहभागी संख्याले नगरपालिकालाई हौसला प्रदान गरेको बताए ।
खेलकुदले बौद्धिक र सक्षम नागरिक तयार गर्ने चर्चा गर्दै उनले खेलकुद मार्फत मध्यपुर थिमिको पहिचान स्थापित गराउने नगरपालिकाको उद्देश्य रहेको बताए ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डको शुरुवात गरेर खेलक्षेत्रमा ठूलो योगदान दिएको भन्दै प्रशंसा व्यक्त गरे आयोजक समितिका सदस्य एवम् वडा नं. २ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले आगामी दिनमा थप व्यस्थित र परिष्कृत गर्दै प्रतियोगिता सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।





%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
