दुई पाउण्डको सामान दुई सयमा बिक्री, शतप्रतिशत लाभदायक व्यवसाय !

0

दुई पाउण्डको सामान दुई सय बीसमा बिक्री, शतप्रतिशत लाभदायक व्यवसाय !

एजेन्सी – हामीमध्ये धेरैलाई स–साना कुराहरू किन्न मोलमोलाई गर्ने बानी छ । एउटै मूल्यमा कहिल्यै सन्तुष्ट नहुनेहरूका लागि हजार रुपैयाँको चिज १००–२०० रुपैयाँमा किन्न पाउनु ठूलो कुरा हो । यस्तै एक बेलायती दम्पती छन्, जसले यो बानीको पूरा सदुपयोग गरेर पूरै व्यवसाय खडा गरेका छन् ।

डेक्सटर बर्जेस हन्ट र सोफी ग्राट्ज नामक दम्पतीले आफ्नो मोलमोलाई गर्ने बानीको पूरा फाइदा उठाउँदै शतप्रतिशत नाफा कमाउने व्यवसाय स्थापना गरेका छन् । डेली स्टारको रिपोर्टका अनुसार दम्पतीले सस्तोमा सामान खरिद गरेर अनलाइन एप मार्फत अतिरिक्त पैसा कमाउने प्रयास गरेर उल्लेखनीय सफलता हासिल गरका छन् ।

दम्पतीले २ पाउण्ड (नेपाली रु ३२०) मा लुइस ख्गष्ततयल वालेट किनेका थिए र २२० पाउण्ड (नेपाली रु ३२,०) मा एपमा बेचेका थिए । सन् २०२० मा विश्वमा महामारी आएपछि उनले जागिर छोडेर यही व्यवसायमा ध्यान केन्द्रित गरेका थिए । म्यानचेस्टरमा उनले सिल्क नामक आफ्नै स्टोर खोलेर यहाँ परोपकारी पसलबाट खरिद गरिएका सस्तो वस्तुहरू उच्च मूल्यमा बेच्न थाले । २८ वर्षीया सोफी भन्छिन् कि उनी एपमा चीजहरू शौकको रूपमा बेच्ने गर्थे र आफ्नो पूर्ण–समय काम पनि गर्थे । धेरै वर्ष लन्डनमा रहँदा उनले यो शुरु काम गरे ।

जागिर छोडेर ब्यापार सुरु

जब उनी कोभिडको समयमा म्यानचेस्टर फर्किए, उनले यो व्यवसायमा आफ्नो पूरा समय लगाए । अन्य पसलमा नपाइने सबै कुरा यहाँ पाइने भएकाले आफ्नो पसल मन पराउने गरेको दम्पतीले बताए । तिनीहरूले थोक बिक्रेताहरूबाट तिनीहरूको स्टक सस्तोमा खरिद गर्ने गर्दथे, जसको लागि तिनीहरूले एक कर्मचारी पनि राखेका छन्, जो परोपकारी पसलहरूबाट गुणस्तरीय कपडाहरू खोज्ने विशेषज्ञका रुपमा छन् । अब उनले आफ्नो वेबसाइट पनि पुनः सुरु गर्ने योजना बनाएका छन् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top