मध्यपुर नपाभित्र बन्ने उपभोक्ता समितिमा बस्न सरकारी दलहरूका मनुवाहरूकाे कत्राे ठुलो हानथाप?
कहिले, उनीहरूकाे दल भित्रै, उपभोक्ता समितिमा एकथरी मान्छे मात्र किन राखियो ? भन्ने अर्काेथरिकाे राेईलाे देखियाे।
कहिले हाम्राे दललाई उपभोक्ता समितिमा किन राखिएन? भन्दै अर्काे दल विरूद्ध नाराबाजी र मुक्कामुक्की देखियाे।
उपभोक्ता समितिमा बस्न किन यत्राे रसाकस्सी?
के साँच्चिकै सेवाभावले ओतप्राेत हाेलान यिनीहरू?
स्मरणीय छ, नजिकैकाे भक्तपुर नपामा उपभोक्ता समिति बन्छ र ईस्टिमेट भन्दा पनि कम लागतमा याेजना सकिन्छ ।धेरै धराेहर त्यसरीनै निर्माण भयाे । भनपाका प्रमखज्युले याे उदाहरण प्रस्तुत गर्नुहुँदै उपभोक्ता समिति खारेज गर्न नहुने मत राख्नु हुँदा मन्त्री झाँक्रीले भक्तपुर नपाकाे उदाहरण अरू नपामा नमिल्ने जिकिर गर्नु भएको थियाे।
.......तस्बिर हाम्रै अगाडि छर्लङ्ग छ।
प्रकाश धाैबजीकाे फेसबुकबाट ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
