भक्तपुर । भक्तपुरको एउटा स्कुलका ससाना नानीबाबुहरुले शुक्रबार एक कार्यक्रमवीच आआफना हजुरआमा हजुरवुवाहरुलाई सम्मान गरेका छन् । जिल्लाको एभरेस्ट स्कुल भक्तपुर २ मिवाछेंका एसकेजीका विद्यार्थीको आयोजनामा स्कुलमा भएको ग्रायण्डपारेन्ट्स डे २०८० को अवसरमा नानीबाबुहरुले आआफना हजुरआमा हजुरबुबाहरुलाई सम्मान गरेका हुन् । सम्मानका एक सय जना भन्दा वढी हजुरआमा हजुरबुबाहरुको सहभागिता रहेको थियो । विद्यार्थीले हजुरआमा हजुरबुबाहरुलाई आआफूले बनाएको ग्रेटिड कार्ड (शुभकामना कार्ड) दिएर सम्मान गरेका हुन् । सो अवसरमा विद्यार्थीले आआफना हजुरआमा हजुरबुबाहरुलाई गीत, नृत्य, नाटक देखाएर मनोरञ्जन दिलाएका थिए । कार्यक्रमको उदघाटन स्कुलका एकजना अभिभावक प्रेमशिला प्रधानले गरेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य स्कुलका प्रिन्सिपल भक्त राजभण्डारी, ग्रायण्ड पारेन्ट्स स्पिच विभु कर्मचार्यका हजुरबुबा रामगोपाल कर्माचार्यले दिएका थिए । कार्यक्रमपछि नानीबाबुहरुले आआफना हजुरआमा हजुरबुुबाहरुसँंगै बसेर टि पार्टी पनि गरेका थिए ।
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
