काठमाडाैं । प्रारम्भिक बालविकास विज्ञ सविता खनालकाे बाल चित्रकथा ‘कार्याको जङ्गल–यात्रा’ लाेकार्पण गरिएकाे छ ।
काठमाडाैंकाे बाैद्धस्थित अरुणिमा इजुकेशनल फाउण्डेशनमा एक कार्यक्रम गरी खनालकाे बाल चित्रकथा कार्याकाे जंगल यात्रा लाेकार्पण गरिएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. प्राज्ञ देवी नेपाल, विशेष अतिथि नेपाल बाल साहित्य समाजका पूर्व अध्यक्ष प्रा. डा. ध्रुव घिमिरे, अतिथि प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा मानवअधिकार अभियन्ता, वरिष्ठ साहित्यकार डा. कृष्ण सुवेदी, अतिथि अरुणिमा इजुकेशनल फाउण्डेशनका कार्यकारी प्रधानाध्यापक इश्वरी लामिछाने, बालप्रतिभा प्रणव ढकाल र रिदिका भण्डारीलगाएतले बाल चित्रकथा कार्याकाे जंगल यात्रा लाेकार्पण गर्नुभएकाे थियाे ।
कार्याको जङ्गल यात्रा लोकार्पण तथा परिचर्चा समारोहमा विशेष अतिथि नेपाल बाल साहित्य समाजका पूर्व अध्यक्ष प्रा. डा. ध्रुव घिमिरेले बाल चित्रकथा भन्दा बाल सचित्र कथा लेख्दा राम्राे हुने बताउनुभयाे । उहाँले कथामा सरलताका साथै छाेठाे मिठाे तरिकाले वर्णन गरिएकाे कथाकाे पात्र छनाैटले कथा झन् सुन्दर बनाएकाे बताउनुभयाे ।
प्रा. डा. घिमिरेले बालकथामा तीनवटा अ (अवलाेकन, अध्ययन्, अन्तरक्रिया)काे प्रयाेगले कथा उत्कृष्ठ बन्ने बताउनुभयाे । उहाँले संख्यात्मक भन्दा पनि गुणात्मकमा ध्यान दिनुपर्ने बताउनुहुँदै कृति प्रकाशन गरिसकेपछि भन्दा कृति प्रकाशन अघिनै अन्तरक्रिया गर्नुपर्ने बताउनुभयाे ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. प्राज्ञ देवी नेपालले रमाइलाे किस्सा सुनाउनुहुँदै बाल साहित्य लेखकले बालबालिकालाईनै समिक्षा गर्न दिइयाे भने अझ राम्राे र सुन्दर कृति उत्पादन गर्न सकिने बताउनुभयाे । उहाँले बालबालिकालाई महत्व दिएर रचना गरिएका बाल साहित्य उत्कृष्ठ हुने बताउनुभयाे ।
उहाँले बाल साहित्यकाे स्रष्टा प्रत्यक बालबालिकाबाट परिक्षण भएकाे भएकै हुने भएकाेले अलाेचना सहन नसक्ने स्रष्टा बाल साहित्यकार हुन नसक्ने बताउनुभयाे ।
स्रष्टा खनालले अरूणिमाकाे आँगनमा आफ्नाे कृति ‘कार्याको जङ्गल–यात्रा’ लाेकार्पण गर्न पाउँदा गाैरव लागेकाे बताउनुभयाे । उहाँले प्रारम्भिक शिक्षा यहि अरुणिमा स्कुलमा भएको बताउनुहुँदै विभिन्न विद्यालय र गैरसरकारी संस्थाहरूमा काम गर्दा बालबालिकाको मनोभाव बुझ्ने तथा उनीहरूका अधिकारबारे थाहा पाउने अवसर र अनुभवले यस कृतिकाे जन्म भएकाे बताउनुभयाे ।
उहाँकाे पहिलाे कृति ‘प्रारम्भिक बालविकासको विषयगत क्रियाकलापको नमुना हाते पुस्तिका’ शिक्षक साथीहरूमाझ निकै रुचाइएको पनि बताउनुभयाे । उहाँले प्रकाशनको चाँजोपाँजो मिलाउनु भएका इटर्नल पब्लिकेशन, श्रीश भण्डारीलगायतलाई धन्यवाद दिनुका साथै कथा पढेर प्रतिकृया दिनुहुन अनुराेध पनि गर्नुभयाे ।
इटर्नल पब्लिकेशनद्वारा प्रकाशित ‘कार्याको जङ्गल–यात्रा’मा नाै वटा कथाहरू समावेस छन् । १८५ रूपैयाँ मूल्य रहेकाे कथा संग्रहका भित्री पृष्ठहरू पनि रङ्गीन चित्रसहित अकर्षक रहेका छन् ।