भक्तपुर । हिसान भक्तपुरको छैंठो अधिवेशनबाट सर्वसम्मतले कार्यसमितिमा अध्यक्षमा अनिल कसपाल (मोडर्न स्कुल÷कलेज) चुनिएका छन् । कसपाल यसअघि पनि अध्यक्ष नै थिए । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नीरू ढकाल (एस.एस.कलेज), सचिवमा दिनेश पाण्डेय (इरूडाइट एकेडेमी) र कोषाध्यक्षमा श्याम मानन्धर (सिवर्ड कलेज) चुनिएका छन् ।
त्यस्तै सदस्यहरूमा श्रीनारायण यादव (भक्तपुर ईङ्गलिस स्कुल), सुशील खनाल (स्वस्तिक कलेज) र रवि ढुवाल (अक्सफोर्ड स्कुल) चयन भएको भक्तपुर हिसानले जनाएको छ ।
भक्तपुर र नेपालकै लागि गुणस्तरीय शिक्षा र शिक्षाको लागि उत्कृष्ट गन्तव्य भक्तपुरलाई चिनाउन उत्कृष्ट कार्यहरू गरिनेछ भन्ने पूर्ण विश्वास नवनिर्वाचित कार्यसमितिले लिएको छ । कार्यक्रममा हिसानका अभिभावक केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवाल, वरिष्ठ उपाध्यक्षहरू युवराज शर्मा, नवराज पाण्डे, कोषाध्यक्ष विरेन्द्र जयना, उपाध्यक्ष रामहरि सिलवाल, वागमती प्रदेशको उपाध्यक्ष राजकुमार आचार्य, काठमाडौं महानगर कमिटीका अध्यक्ष प्रकाश श्रेष्ठ, कलेज रिडर्सका जितेन्द्र घिमिरेलगायतका सहभागिता रहेको थियो ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
