एसईईमा नयाँ ग्रेडिङ प्रणाली लागु

0



काठमाडौं । आगामी चैत १५ गतेबाट सुरु हुन लागेको यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नयाँ ग्रेडिङ प्रणाली लागु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले नियमित र ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरिसके पनि नयाँ ग्रेडिङबारे विध्यार्थी र अविभावक अनविज्ञ नै रहेका छन् ।

चैत २७ गतेसम्म सञ्चालन हुने परीक्षामा ४ लाख ८९ हजार परीक्षार्थीहरुले आवेदन दिएको परिक्षामा नयाँ ग्रेडिङ अनुसार उत्तर पुस्तिका परिक्षण हुनेछन् । यद्यपी एसईईमा सहभागी हुने विद्यार्थीले नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गरिरहेका कारण खास समस्या नआउने बोर्डको भनाइ छ । नयाँ ग्रेडिङ प्रणालीमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन् ।

दुई विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेडिवृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी एनजी आए अर्को वर्ष ती विषयको परीक्षा दिनुपर्नेछ । कक्षा १२ मा गत दुई वर्षदेखि नै उक्त प्रणालीअनुसार नतिजा सार्वजनिक हुँदै आएको छ ।

यसअघि सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर विद्यार्थीलाई न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थीले ग्रेड प्राप्त गर्ने व्यवस्था थियो । २०७६ देखि विद्यालय तह कक्षा १–१२ मा नयाँ पाठ्यक्रम लागू भएसँगै मूल्यांकनमा पनि पाठ्यक्रम विकास केन्द्रले नयाँ ग्रेडिङ प्रणाली लागू गरेको हो ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top