शालिनदीको मेला माघ ११ गतेबाट शुरु हुने

0



काठमाडौं । प्रत्यके वर्ष माघ महिनाको पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा एक महिनासम्म काठमाडौं शंखरापुर नगरपालिकाको साँंखुमा लाग्ने माधवनारायणको श्री स्वस्थानी ब्रतकथा तथा शालिनदी मेलाको सम्पूण तयारी पूरा भएको जनाएको छ । यो वर्ष मेला माघ ११ गते बिहीबारदेखि मेला लाग्दैछ । 

श्री माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले मंगलबार मेलास्थलमा गरेको पत्रकार सम्मेलनमा मेलाको सबै तयारी पूरा भएको जानकारी दिए । यो वर्षको मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले जानकारी गराए । यो वर्ष पनि विगत वर्षहरुमा झै देशका विभिन्न भागबाट एक महिनाको अवधिमा २० देखि २५ लाखसम्म श्रद्धालु भक्तजनहरु मेला भर्न आउने अनुमान आयोजकले गरेको छ । 

मेलामा आउने भक्तजनहरुको सेवा, सुविधा र सुरक्षालगायतका विषयलाई मध्यनजर गर्दै सार्वजनिक यातायातको सम्बन्धमा शालिनदी यातायात प्रा.लि र बाबागोकर्णेश्वर प्रा.लि. द्वारा सञ्चालित बसहरु यात्रुको सेवामा आवश्यक भाडादरको सूचना र बेलुका अबेरसम्म पनि मेला भर्न आउने भक्तजनहरुको सेवामा खटिने सुनाए । व्रतालु व्यवस्थापन सम्बन्धमा व्रत बस्न साँखु आउने व्रतालुहरुको सेवाको लागि सवैभन्दा पहिले लगत संकलनको लागि नामदर्ता एवं स्थान व्यवस्थापन गरिएको र हालसम्म एक सय ९८ जनाले व्रत बस्नको लागि नाम दर्ता गराएको यो संख्या अझ बढ्न सक्ने आयोजकले बताएको छ ।

मेला आयोजना हुने शंखरापुर नगरपालिकाका नगरप्रमुख रमेशनाथ नापितले मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न मुल समिति र विभिन्न उपसमितिहरु गठन गरिएको जानकारी गराउदै यातायात, सुरक्षा, टाफिक व्यवस्थापन, फोहोरमैलालगायतका विभिन्न उपसमितिहरु गठन गरी काम गर्ने उनले जानकारी दिए । 

त्यसैगरी शान्ति सुरक्षा सम्बन्धमा शालिनदी परिसरभित्र विभिन्न ठाउँमा सीसी टिभी क्यामेराको व्यवस्था गरिएको छ । साथै सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी एवं महानगरीय प्रहरी प्रभाग साँखु अन्तर्गत विशेष प्रहरी टोली परिचालन गर्ने निर्णय गरिएको पनि जनाए ।

इलाका प्रहरी कार्यालय शाखुँंकी प्रमुख सीता परियारले सुरक्षाको सम्पूर्ण प्रबन्ध रहेको र आवश्यकता अनुसार महिला प्रहरीहरु पनि मेलामा खटाउने जानकारी दिए । मेलामा हुनसक्ने सम्भावित झैझगडा, लुटपाट, सिक्री स्न्याचिङ, पकेटमार नियन्त्रणलगायतका सुरक्षा चुनौती निराकरणका लागि सुरक्षा दस्तालाई तयारी अवस्थामा राख्ने र सादा पोशाकमा पनि मेला अवधिमा प्रहरीको निगरानी रहने उनले जनाइन् । यसका लागि प्रहरीको हेल्प डस्क पनि रहने उनले जानकारी दिए । साथै एक सय भन्दा वढी प्रहरी खटिने जानकारी गराइन् । साथै मेला अवधिमा ब्रत बस्ने क्रममा खोलामा स्नान गर्ने महिलाहरुको फोटो, भिडियो खिच्न पूर्णतया मनाही गरिने पनि उनले जनाइन् । 

नेपाल संवतको आठौं शताब्दीबाट शुरु भएको विश्वास गरिने एक महिने माधवनारायण ब्रत एवं मेला स्वस्थानी व्रत कथाको भूमिका खण्डमा उल्लेख भए अनुसार यसका कथयिता स्कन्द अर्थात् कुमार हुन् र प्रथम श्रोता अगस्त्य मुनि । स्वस्थानी कथाबारे गरिएका अनुसन्धानहरूले यसलाई स्कन्दपुराणको केदारखण्ड, माघ माहात्म्यबाट उद्धृत गरिएका हुन भन्ने मान्यता छ । साथै यो पार्वतीले भगवान शिवलार्ई पतिको रुपमा पाउँं भनी ब्रत बसेको भन्ने कथन पनि चर्चित छ । साथै वर्षको यही एक महिनामात्रै माधबनारायणको भगवान्को प्रत्यक्ष दर्शन गर्न पाउने व्यवस्था रहेको छ ।









Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top