स्रष्टा पदयात्राको ७८ औं शृङ्खला सम्पन्न

0


–जयराम बिडारी 

काठमाडौं । प्राकृतिमा रमाउँदै मानस पटलमामा भरिएको ऊर्जालाई हृदयको प्रयोगशालामा परिÞक्षण गर्दै सृजनात्मक कलामा अग्र्यानिक स्वादका साथ प्रस्तुत गर्ने अभिप्रायले स्रष्टा पदयात्रीहरुको  ७८ औं शृङ्खला गत माघ ६ गते सम्पन्न भएको छ । 

पदायात्राका लागि उपत्यकाका विभिन्न स्थानबाट सितापाइला चोकमा ३५ जना सर्जकहरु भेला भई फस्कु चोक, जयन्ती गाउँ, उमा गाउँहुदैँ घट्टेखोला तेर्सागाउँमा अवस्थित शिवालयको प्राङ्गणमा स्रष्टा शारदा पराजुलीको संयोजनमा  पहिलो चरणको रचना बाचन सम्पन्न गरिएको थियो ।

कवि एन. वि. जनकपुरी, शोभा पोखरेल, राधा बोहोरा, बुद्धि सागर पौडेल, नानीबाबा अधिकारी र जयराम बिडारीद्वारा आ–आफ्ना रचना बाचन गरि सम्पन्न गरिएको  थियो । 

यसैगरी काठमांडौं र धादिङको सिमामा अवस्थित भीमढुङ्गा भञ्ज्याङ्गमा रहेको देवालयको प्राङ्गणमा भोजन पश्चात परशुराम पराशरको संयोजकत्वमा दोश्रो चरणको रचनाबाचन सम्पन्न गरिएको थियो । दोस्रो रचनाबाचन कार्यक्रममा अनिता कोइरालाले चन्द्रागिरीमा भएको कार दुर्घटनाको विषयवस्तु समेटिएको कविता मृत्यु, सुवास ढुङ्गेलले गजल , रामकुमार पण्डितले राजनैतिक बिकृति सहितको एक्वारियम कविता मन्दिरा मधुशीले व्यापारमा चतुर्याईं लघुकथा, प्रभा बरालले गुरु र शिष्य कविता, गंगा प्रसाद भेटवालले मितकाका नामक कविता बाचन गरेरे सुनाएका थिए । 

सो क्रममा साब्लाबुङ पुस्तकालय अभियान र यश अभियानका अध्यक्ष राजकुमार राईले बौद्धिक विकासले मात्र समाज विकास नहुने भएकोले पठन संस्कृति विकास गर्न पुस्तकालय स्थापना महत्वपूर्ण कार्य भएकोले गतवर्ष करिव ४२ लाखको पुस्तक वितरण गरिएको बताउंदै यसलाइ निरंतरता दिनुका साथै नेपाली भाषा साहित्यलाई हङकङमा प्रसार गर्नका लागि निभाएको भूमिकाका बारेमा प्रकाश पारिएको थियो । 

उक्त अभियाननमा भीमढुङ्गाबाट प्रस्थान गरेको पदयात्री टोलीले नागार्जुन नगरपालिका वडा नम्बर ७ स्थित नारायण प्रसाद पोखरेल स्मृति भवन परिसरमा रहेको चौतारामा राधा भट्टराईको संयोजनमा तेस्रो चरणको रचनाबाचन कार्यक्रम सम्पन्न गरेको थियो । सो कार्यक्रममा विनोद नेपाल, परशुराम पराशर, अनिता यात्री र लक्ष्मी मुडभरी, सारदा पराजुली, रन्जु दाहाल र आलोक चालिसेद्वारा आ–आफ्ना सिर्जना पस्केका थिए  । 

पदयात्रा टोली चन्द्रागिरी नगरपालिका अन्तर्गतको स्विटजरल्याण्ड पार्क नजिक रहेको बिन्दबासिनी मन्दिरको प्राङ्गणमा पुगि विनोद नेपालको संयोजकत्वमा चौंथो रचना बाचन कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा प्रोल्लास सिन्धुली, प्रतिक घिमिरे, शान्ति सापकोटा, खुश्वु रिजालले रचना पाठ गरेर सुनाएका थिए । 

यस्तै पाचौं चरणको रचनाबाचन एन. बि.जनकपुरीको संयोजनमा सम्पन्न गरिएको थियो उक्त कार्यक्रममा शीतल गिरी, रुबि सत्याल, मुरारी सिग्देल र कल्पना आचार्यद्वारा बाचन गरिएको सो कार्यक्रमको अन्त्यमा स्रष्टा पदयात्रा टोलीका संयोजक शीतल गिरीद्वारा पदयात्रालाई संस्थागत गर्न र संस्थालाई दर्ता प्रक्रियामा लग्न ११ सदस्यीय तदर्थ समिति पनि गठन गरिएको जानकारी दिइएको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top