४०६ जना रक्तदाताहरूबाट रक्त संकलन

0

 


भक्तपुर । पतंजली जिल्ला योग समिति भक्तपुर अन्तर्गतका महिला समिति, युवा समिति र विभिन्न केन्द्र संघ संस्थाहरूको संयुक्त सहकार्य, समन्वय र आयोजनामा हाल देखिएको रक्त अभावलाई सहयोग पु–याउने उद्देश्यले फागुन १० गते सम्म रक्तदान शिविरकाे आयोजना गरी ४०६ जना रक्तदाताहरूबाट रक्त संकलन गरि नेपाल रेडक्रसको जिल्ला शाखा रक्त संचार केन्द्र भक्तपुरलाई प्रदान गरेको छ । 

मध्यपुर थिमिको शंखधरचोकमा गत शनिबार बृहत रक्तदान शिविर कार्यक्रम आयोजना गर्दै समितिले हालसम्म उक्त रगत संकलन गरेको समितिका सदस्य श्रीराम हाकुतरी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै आउने फागुन १७ गते शनिबार मध्यपुर थिमिको बडा नै. ६ स्थित पाटी बिहारमा बृहत स्वास्थ्य शिविरको आयोजना हुने पनि जानकारी दिए । उक्त स्वास्थ्य शिविरमा मुख्यतया मुटुरोगसँग सम्बन्धित रोगीहरुको स्वास्थ्य परिक्षण हुनेछ भने, उक्त कार्यक्रमको आयोजक मध्यपुर थिमि नगरपालिकाको वडा नं. ६ कार्यालय, लायन्स तथा लियो क्लब अफ काठमाडौं लर्डबुद्ध र लायन्स क्लब अफ मध्यपुर शंखधर (३२५ जि) रहेको छ ।

त्यस्तै सहयोगी संस्थाहरुमा नेपाल ए.पि.एफ. अस्पताल, बलम्बु, ब्लुक्रस ल्याबाेटरीज प्रा.लि., प्राञ्जल डाइग्नोस्टिक एण्ड हेल्थ केयर प्रा.लि. र नेपाल हृदयरोग निवारण प्रतिष्ठान, काठमाडौं रहेको जानकारी दिइएको छ । कार्यक्रम बिहान ८ बजेदखि शुरु हुने छ ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top