नवनिर्वाचित अध्यक्ष रन्जित यसअघि वाइसीएलको केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्जको रूपमा सक्रिय थिए । उनले संगठनमा लामो समयदेखि योगदान दिँदै आएका छन् । अध्यक्ष रन्जितको नेतृत्वमा बागमती प्रदेश समितिमा सुवास अधिकारी र रेशम तामाङ उपाध्यक्ष खुल्ला तथा सुनिता गिरी उपाध्यक्ष महिला तर्फ निर्वाचित भएका छन् ।
समितिको सचिवमा प्रदीप तामाङ ङेमासङ, सहसचिवमा क्रमशः बिष्णु नेगी, अर्जुन तामाङ, सुदिप केसी, बिकास श्रेष्ठ, सनम महर्जन (जनजाति), प्रितिमा तामाङ (महिला) निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा रोमि घले निर्वाचित भएकी छिन् ।
सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले प्रस्तुत गरेको प्यानल सर्वसम्मत भएपछि निर्वाचन समितिले आवश्यक प्रक्रिया पूरा गरी निर्वाचन परिणाम घोषणा गरेको हो ।
बन्द सत्रमा माओवादी केन्द्रका केन्द्रीय नेताहरू हितमान शाक्य, हितबहादुर तामाङ, दिलिप प्रजापति, सूर्य सुवेदी पथिकलगायतको आतिथ्यता रहेको निवर्तमान प्रदेश संयोजक साजन अधिकारीले जानकारी दिए ।
सोमबार माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तद्वारा उद्घाटन भएको सम्मेलनमा ४ सय बढी सम्मेलन प्रतिनिधिको सहभागिता रहेको थियो ।