भक्तपुर । गणतन्त्र दिवस–२०८२ को अवसर पारेर नेकपा (माओवादी केन्द्र) मध्यपुर थिमि नगर समितिको आयोजनामा जेठ १५ गते शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले गणतन्त्रको उपलब्धि, महत्व र आगामी दिनमा तय गर्नुपर्ने कार्यदिशाका सम्वन्धमा चर्चा गर्दै राजनीतिक जागरुकता अभिवृद्धि गर्ने जानु पर्नेमा जोड दिइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज दिलिप कुमार प्रजापतिले नेपालमा गणतन्त्र प्राप्तको बाटो सहज नभएको र यसको लागि महान शहीद र आम जनताको बलिदानीपूर्ण संघर्षको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै जनताको हितमा पार्टी पंक्ति अझ गम्भीर र सक्रिय रुपमा लाग्नु पर्ने बताए ।
अन्य विशिष्ट अतिथिहरूमा केन्द्रीय सदस्य डिपि ढकाल, भक्तपुर जिल्ला संयोजक सुनिल गोथे ‘बासु’, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख तथा माओवादी केन्द्र नगर अध्यक्ष विजय श्रेष्ठ, र वाईसिएल नेपाल बागमती प्रदेश अध्यक्ष नरेश रञ्जित रहेका थिए । सबै अतिथिहरूले गणतन्त्रको संस्थागत विकासमा निरन्तर क्रियाशील रहनुपर्ने आवश्यकता औंल्याउँदै पार्टीको भावी कार्यदिशाबारे धारणा राखेका थिए ।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । देशमा जनतन्त्र, समावेशिता र सामाजिक न्यायलाई संस्थागत गर्न अझै पनि संघर्ष आवश्यक रहेको वक्ताहरूले जोड दिएका थिए ।