मध्यपुर थिमि । विश्व धुमपान रहित दिवस, जेष्ठ १७ अर्थात मे, ३० को उपलक्ष्यमा विनायक इको क्लबको आयोजनामा जनचेतनामुलक र्यालीको आयोजना गरी मनाएको छ ।
उक्त कार्यक्रममा कक्षा ६,७ र ८ का गरी लगभग १५० विद्यार्थी भाईबहिनीहरु सहभागी भएका थिए । र्याली बिद्यालयबाट शुरु भै भुलांखेल, चोदे, सिवाटोल हुँदै बालकुमारी, दिगुटोल चपाचो, गुङ्गचिवा हुँदै बिद्यालय परिसरमै पुगेर समापन भइको थियो ।
र्यालीको क्रममा बाटोमा धूम्रपान गरिरहनु भएका महानुभावहरुलाई धूम्रपानको असरबारे सम्झाउदै इको क्लबका सदस्य भाइबहिनीहरुले चुरोट खैनी तथा सुर्तीसंग चकलेट साटासाट गरि दीर्घ आयुको कामना गरिएको थियो । र्याली शुरुका लागि क्लबका अध्यक्ष चार्बी बाडे र उपाध्यक्ष आरुश श्रेष्ठले धुम्रपानको बारे मन्तब्य ब्यक्त गरे भने बिद्यालयका इन्चार्ज शैलेन्द्र कुमार भट्टराइले धूम्रपान रहित स्वस्थ समाज आजको आवश्यकता भएको कुरा ब्यक्त गर्दै र्यालीको उद्घाटन गरेको थियो ।