काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सफलतापूर्वक प्रकाशित गरेको छ। केही समयअघि बसेको बोर्ड बैठकको निर्णयअनुसार नतिजा सार्वजनिक भएसँगै लाखौं विद्यार्थी र अभिभावकहरूमा उत्साह छाएको छ।
यस वर्ष शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा केही ढिलाइ भए पनि अन्ततः नतिजा प्रकाशन भएको छ। यस वर्षको एसईईमा कुल ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए, जुन गत वर्षको तुलनामा ४९ हजार २८६ जना बढी हो।
यस वर्षको एसईईमा ६२ प्रतिशत विद्यार्थीहरू ग्रेडेड भएका छन्, जुन शैक्षिक प्रगतिको सकारात्मक सूचक हो। नतिजाअनुसार, ३.६ देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेको छ।
त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ८१ हजार ३८५ जना रहेको छ भने ८९ हजार १२४ जनाले २.८ देखि ३.२ जीपीए प्राप्त गरेका छन्।
यसैगरी, २.४ देखि २.८ जीपीए सम्म ४८ हजार ४७९ जनाले ल्याउँदा ४ हजार १२६ जना विद्यार्थीले २ देखि २.४ जीपीए पाएका छन्। ८ जना विद्यार्थीले १.६ देखि २ जीपीएभन्दा कम प्राप्त गरेका छन् भने १२६ जनाको परीक्षा रद्द गरिएको छ।
उक्त सूचनामा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० अन्तर्गत सञ्चालन भएको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा SMS, IVR तथा वेबसाइटमार्फत सार्वजनिक गर्न स्वीकृति प्राप्त गरेका संस्थाहरूको नाम तथा प्रयोग गरिने शोर्टकोड र वेबसाइटहरूको विवरण पनि सार्वजनिक गरिएको छ।
सूचनामा उल्लेख गरिएअनुसार, एसईई २०८१ को नतिजा जानकारीका लागि देहाय अनुसारका सेवा प्रदायकहरूलाई छुट्टाछुट्टै शोर्टकोड र वेबसाइट प्रयोग गर्न अनुमति दिइएको छ। सर्वसाधारणले ती माध्यमहरूबाट नतिजा थाहा पाउन सक्नेछन्।
नतिजा हेर्न सकिने माध्यमहरू:
एसएमएस (SMS): तोकिएको शोर्टकोडमा "SEE <space> सिम्बोल नम्बरू टाइप गरी पठाउनुपर्नेछ।
आईभीआर(IVR): सम्बन्धित नम्बरमा फोन गरी निर्देशित अनुसार विवरण प्रविष्ट गर्दा नतिजा थाहा पाउन सकिनेछ।
वेबसाइटस् विभिन्न आधिकारिक वेबसाइटहरूमा सिम्बोल नम्बर र जन्म मिति प्रविष्ट गरी पूरा नतिजा (मार्कसिटसहित) हेर्न सकिनेछ।
सेवा प्रदायकहरूको विवरण:
सूचनामा उल्लेख भएअनुसार, नेपाल टेलिकम, एनसेल, स्प्यारो एसएमएस, स्विफ्ट टेक्नोलोजी, इडु सञ्जाल, ईसेवा, खल्ती, र अन्य विभिन्न सेवा प्रदायकहरूबाट नतिजा प्राप्त गर्न सकिनेछ।
यसरी, एसईई २०८१ को नतिजा सजिलै र छिटो तरिकाले सर्वसाधारणले प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ। नतिजा सार्वजनिक हुने मितिबारे थप जानकारी आउनेबित्तिकै जानकारी दिइनेछ।
Last Update 10pm