मध्यपुर थिमिः तीनवटै स्वास्थ्य सेवा सञ्चालन गर्ने पहिलो पालिका

0

भक्तपुर - मध्यपुर थिमि नगरपालिका वैकल्पिक चिकित्सा सेवाको विस्तार गर्दै देशमै पहिलो पटक एलोपेथिक, आयुर्वेदिक र होमियोप्याथिक तीनै प्रकारका स्वास्थ्य सेवा एकै साथ सञ्चालनमा ल्याउने पालिकाको रुपमा अगाडि बढेको छ । यसै क्रममा नगरपालिका–७ स्थित नगदेशमा होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्रको सुरुवात गरिएको छ ।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरवासीलाई घरमै निःशुल्क स्वास्थ्य सेवा पु¥याउने लक्ष्यअनुसार सेवा केन्द्रको उद्घाटन गरेको छन् । उनका अनुसार तीनवटै प्रणालीका स्वास्थ्य सेवा सुरु भएपछि नगरवासीलाई सहज र समग्र स्वास्थ्य सेवा प्राप्त हुने विश्वास गरे ।

उक्त केन्द्रबाट बाथ, हाडजोर्नी तथा नसा सम्बन्धी समस्या, युरिक एसिड, प्यारालाइसिस, मृगौला र पित्तथैलीको पत्थरी, पाइल्स, फिस्टुला, ट्युमर, छाला रोग, रुघाखोकी, टनसिल, माइग्रेन, ग्याष्ट्रिक, पखाला, सेतो पानी बग्ने, महिनावारी समस्याजस्ता विविध रोगको उपचार गरिनेछ । साथै, यौन रोग, प्रोष्टेट, दम, मधुमेह, उच्च रक्तचाप, मोटोपना, मानसिक समस्या, चिन्ता, डिप्रेशन आदिको समेत उपचार हुनेछ ।

केन्द्रका डा. रामहरी श्रेष्ठले थोरै औषधिको माध्यमबाट रोगको प्रभावकारी उपचार सम्भव हुने होमियोप्याथिक सेवा सुरक्षित र प्रभावकारी भएको बताए । उपप्रमुख विजयकृष्ण श्रेष्ठले वैकल्पिक सेवा प्रणालीले नगरवासीलाई निरोगी जीवन यापन गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

वडा नं. ७ का अध्यक्ष कृष्णकुमार प्रजापतिले स्वास्थ्यसम्बन्धी पूर्वाधारमा लगानीलाई नगरपालिकाको प्राथमिकतामा राखिएको जानकारी गराए । सामाजिक विकास महाशाखा तथा शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भट्टका अनुसार सन् १७९६ मा जर्मनीमा सुरु भएको होमियोप्याथिक सेवा नेपालमा वि.सं. २०१० मा औपचारिक रुपमा भित्रिएको हो । उनले यस सेवाले थोरै औषधिमा प्रभावकारी उपचार तथा साइड इफेक्ट नहुने विशेषता भएका कारण नगरपालिका यसको प्रवद्र्धनमा लागेको जानकारी दिए ।

कार्यक्रमको सहजिकरण नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख श्रीकृष्ण प्रजापतिले गरेको थियो । उनका अनुसार केन्द्रमा हाल दुईजना डाक्टर, एकजना नर्स र एकजना कार्यालय सहयोगी कार्यरत रहेका र पालैपालो दिनको चार÷चार घण्टा सेवा दिइने सम्पूर्ण सेवा निःशुल्क रहने जानकारी दिए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top