नेपाल रिपब्लिक मिडियाद्वारा मन्त्री राणामाथि सञ्चारगृहलाई धम्की दिएको गम्भीर आरोप

0


 
काठमाडौँ  । नेपाल रिपब्लिक मिडियाले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि सञ्चारगृहका निर्देशक शोभा ज्ञवालीलाई ह्वाट्सएपमार्फत धम्की दिएको गम्भीर आरोप लगाएको छ।

मिडियाका अनुसार, नागरिक तथा रिपब्लिका दैनिकमा बिहीबार प्रकाशित पत्रकार दिलभूषण पाठकसम्बन्धी समाचारलाई लिएर मन्त्री राणाले असन्तुष्टि जनाउँदै धम्की दिएकी हुन्। मन्त्री राणाले आफ्नो स्वकीय सचिव कमल रावलको ह्वाट्सएप नम्बरबाट दिउँसो १:५३ बजे फोन गरी “नेपाल रिपब्लिक मिडिया र यसका सञ्चालकहरूलाई धराशायी पार्ने” चेतावनी दिएको नागरिक दैनिकले उल्लेख गरेको छ।

समाचारबारे जानकारी नभएको भनी निर्देशक ज्ञवालीले स्पष्ट पारे पनि मन्त्री राणाले झण्डै चार मिनेटसम्म गालीगलौज गर्दै एकोहोरो आक्रोश पोखेको समाचारमा उल्लेख गरिएको छ। राणाले पत्रकार दिलभूषण पाठकको दर्ता नभएको युट्युब च्यानलमार्फत प्रसारण भएका सामग्रीप्रति आपत्ति जनाउँदै विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गर्नुपर्ने धारणा राखेको पनि बताइएको छ।

यस घटनाप्रति आपत्ति जनाउँदै निर्देशक ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रेस काउन्सिल नेपाल, राष्ट्रिय मानव अधिकार आयोग, युएन वुमन, युनेस्को नेपाललगायत अन्तर्राष्ट्रिय संस्था फ्रिडम फोरम, कमिटी टु प्रोटेक्ट जर्नालिस्ट र रिपोटर्स विथआउट बोडर्सलाई जानकारी गराएकी छिन्।

नेपाल रिपब्लिक मिडियाले परराष्ट्रमन्त्रीले राज्य संयन्त्रको दुरुपयोग गर्दै सञ्चार स्वतन्त्रतामाथि दबाव सिर्जना गरेको भन्दै घटनाको गम्भीर छानबिनको माग गरेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top