सूर्यविनायकः भक्तपुरको पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित

0

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका जिल्लामै पहिलोपटक पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित भएको छ । जिल्लाका चारवटा नगरपालिकामध्ये सूर्यविनायकले यो उपलब्धि हासिल गर्दै खोप अभियानमा उदाहरणीय सफलता प्राप्त गरेको हो ।

स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममार्फत २०८१÷०८२ को पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले सम्पूर्ण स्वास्थ्यकर्मीलाई खोप सुनिश्चितताको शपथ गराउनुका साथै विभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरूलाई प्रमाणपत्र प्रदान गरे ।

नगर प्रमुख थापाले सामूहिक प्रयास र समर्पणका कारण यो उपलब्धि सम्भव भएको उल्लेख गर्दै, सबैलाई धन्यवाद ज्ञापन गरे । उनले नगरका हरेक वडामा कुनै पनि बालबालिका खोपबाट बन्चित हुनु नपरेको सुनिश्चित गरिएको र त्यसको अनुगमनपछिको पुष्टि आधारमा खोप मुक्त नगर घोषणा गरिएको दाबी गरे ।

कार्यक्रममा नगर प्रवक्ता रविन्द्र सापकोटाले नगरपालिकाले जन्मदेखि मृत्युसम्म नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले खोप अभियानदेखि शव वाहन व्यवस्थासम्मको सेवा नगरपालिकाले उपलब्ध गराउँदै आएको उल्लेख गरे ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले भक्तपुरका चारै नगरपालिका पूर्ण खोप सुनिश्चितताका अन्तिम चरणमा रहेको जानकारी दिइन् । उनले भक्तपुर चाँडै नै बागमती प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित जिल्ला बन्ने तयारीमा रहेको विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका १ देखि १० सम्मका वडाध्यक्षहरू, स्वास्थ्य चौकी प्रमुखहरू र अन्य स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top