काठमाडौं । तीनकुने, काठमाडौंस्थित एसवाई इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा ‘फेस अफ एसवाई २०८२’ (ब्रान्ड एम्बेसडर हन्ट) प्रतियोगिता सुरु भएको छ। आयोजक संस्था एसवाई बजार नेपालले राजधानीमा पत्रकार सम्मेलन गर्दै कुल दुई करोड रुपैयाँभन्दा बढी पुरस्कार राशी भएको दाबी गर्दै यसलाई नेपालकै सबैभन्दा ठूलो ब्रान्ड एम्बेसडर खोज प्रतियोगिता भएको घोषणा गरेको हो।
एसवाई बजार नेपालका निर्देशक विमलराज गोसाईका अनुसार अहिले सम्मको चर्चित प्रतियोगिता मिस नेपालमा अधिकतम २०–२५ लाख रुपैयाँको पुरस्कार मात्र प्रदान गरिँदै आएको भए पनि ‘फेस अफ एसवाई’ मा दुई करोडभन्दा बढीको पुरस्कार व्यवस्था गरिएको छ। उनले यो प्रतियोगिता नेपालका गाउँघरमा लुकेर बसेका प्रतिभालाई उजागर गरी आम नागरिकलाई ब्रान्ड एम्बेसडर बनाउने उद्देश्यले आयोजना गरिएको बताए।
प्रतियोगिताको स्वरूप
यस प्रतियोगिताबाट तीन जना प्रमुख ब्रान्ड एम्बेसडरहरू छनोट गरिनेछन्। महिला तथा पुरुष दुबैका लागि खुल्ला रहेको प्रतियोगिता चरणबद्ध रूपमा सञ्चालन हुनेछ। कार्यक्रम सन् २०२६ जनवरी ३१ सम्म चल्नेछ भने पहिलो चरण २०२५ जुन १ देखि सेप्टेम्बर ३० सम्म हुनेछ।
पहिलो चरणमा सहभागी हुन इच्छुकले एसवाईसँग सम्बन्धित विषयवस्तुमा एउटा क्रियटिभ भिडियो बनाएर आफ्ना सामाजिक सञ्जालमार्फत पोस्ट गर्नुपर्नेछ। भिडियोमा #FaceofSY ह्यासट्याग राखी, एसवाई बजार नेपाल र एसवाई कष्मेटिक नेपाललाई ट्याग गर्नुपर्नेछ। त्यसपछि सम्बन्धित लिंकसहित एसवाईका आधिकारिक बायोमा रहेको गूगल फारम भरी अनलाइन दर्ता गर्नुपर्नेछ।
छनोट प्रक्रिया र पुरस्कार
-
पहिलो चरणबाट ५०० जना प्रतिस्पर्धी छनोट हुनेछन्, जसलाई २,००० रुपैयाँ बराबरको सपिङ्ग भौचर प्रदान गरिनेछ।
-
त्यसमध्ये उत्कृष्ट १५० जना दोस्रो चरणमा प्रवेश पाउनेछन्।
-
दोस्रो चरणबाट ५० जना उत्कृष्ट प्रतिस्पर्धी चयन गरिनेछन्, जसलाई १०,००० रुपैयाँ बराबरको सपिङ्ग भौचर दिइनेछ।
-
अन्ततः २५ जना प्रतिस्पर्धी फाइनल चरणमा पुग्नेछन्, जसका लागि काठमाडौंमा प्रत्यक्ष अडिसन र प्रशिक्षणको व्यवस्था गरिनेछ।
फाइनल चरण सन् २०२६ जनवरी १ देखि ३१ सम्म सञ्चालन हुनेछ।
मुख्य पुरस्कारहरू
-
विजेता (टाइटल विनर)लाई ५ लाख नगद र १ करोड रुपैयाँ बराबरको एक वर्षको कन्ट्र्याक्ट दिइनेछ (कर कटौतीपछि)।
-
फर्स्ट रनर अपलाई ४ लाख नगद र ५० लाख बराबरको कन्ट्र्याक्ट प्राप्त हुनेछ।
-
सेकेन्ड रनर अपले ३ लाख नगद र ३० लाख बराबरको कन्ट्र्याक्ट पाउनेछन्।
-
बाँकी उत्कृष्ट ७ जनालाई ‘पपुलारिटी अवार्ड’ स्वरूप प्रति व्यक्ति १ लाख ५० हजार नगद प्रदान गरिनेछ।
मूल्यांकन मापदण्ड
-
पहिलो चरण: लाइक (१०%), कमेन्ट (२०%), शेयर (२०%), र क्रियटिभिटी (५०%)।
-
दोस्रो चरण: डिजिटल अडिसनका आधारमा, जसमध्ये लाइक, कमेन्ट उस्तै र अतिथिबाट ५०% मूल्यांकन हुनेछ।
-
फाइनल चरण: सोसियल नेटवर्किङको ३०% र निर्णायक मण्डलबाट ७०% अंक प्रदान गरिनेछ।
सहभागिता कसरी गर्ने?
जुनसुकै उमेर समूहका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन्। सहभागी हुन चाहनेले एसवाई बजार, एसवाई कष्मेटिक वा एसवाई प्यानलसँग सम्बन्धित भिडियो बनाएर टिकटक, फेसबुक वा इन्स्टाग्राममा अपलोड गर्नुपर्नेछ। पोस्ट गर्दा ट्याग र ह्यासट्याग प्रयोग अनिवार्य हुनेछ।
एसवाई ग्रुप अफ कम्पनी दक्षिण कोरियामा आधारित एक बहुराष्ट्रिय संस्था हो, जसअन्तर्गत एसवाई बजार, एसवाई इन्टरप्राइजेज, र एसवाई प्यानल नेपालजस्ता कम्पनीहरू सञ्चालनमा छन्।