प्रहरी जागिर छाडेर आमा बनेकी संगिनीद्वारा निजी जासूसी कम्पनी सञ्चालन

0

 


मुख्य हाइलाइट्स:

  • बेलायतकी दुई पूर्व महिला प्रहरी स्याम हचिन्सन (५६)एम्मा कोल्स (४०) ले प्रहरी सेवा छाडेर निजी जासूसी कम्पनी स्थापना गरे।
  • बच्चाको हेरचाहसँगै उनीहरूले धोखाधडी, स्टाकिङ, क्याटफिसिङजस्ता केसमा अनुसन्धान गर्छन्।
  • ग्राहकहरूमा सामान्य नागरिकदेखि सेलिब्रिटी र विदेशी राजकुमारसम्म छन्।
  • कम्पनीले अब न्युयोर्कमा सेवा विस्तारटेलिभिजन शोको तयारी गरिरहेको छ।

आजभोलि एउटा शब्द चर्चामा छ— फ्रेन्डशिप गोल्स । जब साथीहरू मिलेर केही विशेष काम गर्छन्, त्यस्तो सम्बन्धलाई यसै शब्दले चिनाउँछ। बेलायतकी दुई महिला अहिले यसैको उदाहरण बनेका छन्। एकैसाथ प्रहरी सेवामा कार्यरत रहेकी उनीहरूले बच्चाहरूका कारण जागिर छाड्नुपर्‍यो। तर अब उनीहरू मिलेर जासूसी कम्पनी सञ्चालन गरिरहेका छन् र जटिल मुद्दा सुल्झाउँदै चर्चामा छन्।

बेलायतको एसेक्समा बसोबास गर्ने ५६ वर्षीया स्याम हचिन्सन र ४० वर्षीया एम्मा कोल्स, कुनै चलचित्रकी जासूसभन्दा कम छैनन्। उनीहरू पूर्व प्रहरी अधिकारी हुन्। अब भने उनीहरूले संयुक्त रूपमा निजी जासूसी संस्था ‘वेरिटी हेन्टन’ सञ्चालन गर्दै आइरहेका छन्, जुन सन् २०२० को अप्रिलमा स्थापना गरिएको थियो। बच्चाहरूको हेरचाह र विद्यालयका दायित्वसँगै उनीहरू धोखेबाजको पर्दाफास, स्टाकिङ मुद्दा, र अनलाइन ठगी (जस्तै ‘क्याटफिसिङ’) जस्ता विषयहरूमा अनुसन्धान गर्छन्।

उनीहरूको सबैभन्दा ठूलो बल भनेकै उनीहरूको ‘सामान्य’ देखिने क्षमता हो। स्याम भन्छिन्, “हामी कुनै रेल स्टेशनमा कसैको निगरानी गरिरहेका हौं भने पनि कोही शंका गर्दैन। यदि कुनै पुरुष दुई घण्टा उभिएको देखियो भने अचम्म मानिन्छ, तर हामीमाथि त्यसो हुँदैन।”

कसरी सुरु भयो यो यात्रा?

स्याम र एम्माको भेट एसेक्स प्रहरीको भ्रष्टाचार नियन्त्रण इकाइमा भएको थियो। बच्चा भएपछि दुवैले प्रहरी जागिर छाडे। केही समयपछि उनीहरूको भेट टेस्को स्टोरमा नियमित हुन थाल्यो र त्यही बेला उनीहरूले केही नयाँ सुरू गर्ने निर्णय गरे— जसबाट ‘वेरिटी हेन्टन’ जन्मियो। यी ‘जासूस आमा’हरू बिहान बच्चाहरूलाई विद्यालय छोड्छन् र रातको समयमा गोप्य अपरेशनको योजना बनाउँछन्। नङ बनाउने सैलुनदेखि जिमसम्म, उनीहरू मोबाइल र ल्यापटपमार्फत केसको निगरानी गरिरहन्छन्। एम्मा भन्छिन्, “हिजो मात्र म नङ बनाउँदै गर्दा केस हाँकिरहेकी थिएँ!”

उनीहरूको बालबच्चालाई थाहा छ कि आमाहरू जासूस हुन्, तर विद्यालयका साथीहरू विश्वास गर्दैनन्। बरु उल्टै, “झुटो नबोल है” भनेर चेतावनी दिन्छन्।

को-को हुन् त यिनीहरूका ग्राहक?

उनको ग्राहक दायरासमेत निकै फराकिलो छ। सामान्यतः प्रेमी–प्रेमिकामाथि शंका गर्नेहरूदेखि लिएर विदेशी राजकुमार र सेलिब्रिटीहरू समेत छन्। केही समयअघि एक चर्चित सेलिब्रिटीले लण्डन भ्रमणका क्रममा आफूमाथि नजर राख्ने स्टाकरबाट बच्न यी जासूसहरूलाई भाडामा लिएका थिए।

सबैभन्दा चकित पार्ने केस भने ‘क्याटफिसिङ’ को हुन्छ— जहाँ ठगहरूले सेलिब्रिटीको नाममा मानिसहरूलाई ठग्छन्। एक महिलालाई लाग्यो कि उनी गायक मार्टी पेलोसँग सम्बन्धमा छिन्, र उनले ६९,००० पाउन्ड बिटक्वाइनमार्फत पठाइन्। तर जब साँचो खुलेको थियो, उनी गहिरो आघातमा परेकी थिइन्।

धोका दिने प्रेमी समात्नु उनीहरूलाई सबैभन्दा रोचक लाग्छ। कहिलेकाहीं उनीहरूले सम्बन्ध विश्वसनीय प्रमाणित गरिदिन्छन् भने कहिलेकाहीं तितो यथार्थ देखाउँछन्— जसले ग्राहकलाई राहत दिलाउँछ।

उनीहरूले केसको जटिलताअनुसार ५०० पाउन्डदेखि १०,००० पाउन्डसम्म शुल्क लिन्छन्। अहिले उनीहरूसँग १०० जना अपरेटिभहरूको टिम छ। स्याम र एम्मा अब धेरैजसो केस योजना र ग्राहकसँगको प्रत्यक्ष सम्वादमै केन्द्रित हुन्छन्। उनीहरू निकट भविष्यमा न्युयोर्कसम्म सेवा विस्तार गर्ने तयारीमा छन् र एक टेलिभिजन शोमा समेत काम सुरु गरिसकेका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top