सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को लागि आवेदन खुला

0

काठमाडौं - सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को तयारी प्रारम्भ भएको छ। आयोजक संस्था अर्थ नेपाल प्रालिले एक विज्ञप्ति जारी गर्दै अवार्डको लागि आवेदन खुला भएको जानकारी गराएको हो।

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको यस अवार्डमा २०८१ सालको वैशाखदेखि चैत महिनासम्म सार्वजनिक भएका गीत-संगीतले सहभागिता जनाउन सक्नेछन्। कार्यक्रम संयोजक मनोज थापाका अनुसार, आवेदन प्रक्रिया आधिकारिक वेबसाइटमार्फत गर्न सकिनेछ।

यसअघि सगरमाथा म्युजिक अवार्डका ६ संस्करण भव्यरूपमा सम्पन्न भइसकेका छन्। सातौं संस्करणमा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी तथा पप-आधुनिक विधामा कलाकारहरूले सहभागिता जनाउन पाउनेछन्।

अवार्ड कार्यक्रममार्फत नेपाली गीत-संगीतको क्षेत्रमा विशेष योगदान पुर्‍याएका एकजना विशिष्ट व्यक्तिलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ। साथै, कला र संगीतसम्बन्धी लेखनमा सक्रिय पत्रकारहरूलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ। त्यसमध्ये एकजना अग्रज रंग पत्रकारलाई नगदसहित ‘रजत पत्रकारिता सम्मान’ प्रदान गरिनेछ।

थप जानकारी तथा आवेदनको लागि सगरमाथा म्युजिक अवार्डको आधिकारिक वेबसाइटमा जान सकिनेछ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top