उपनिर्वाचन: मतदाता नामावलीमा नाम छैन? अनलाइनबाट यसरी दिनुहोस् आवेदन

0


काठमाडौं । आउँदै गरेको उपनिर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेका नागरिकहरूलाई समयमै नाम दर्ता गराउन आग्रह गरेको छ। निर्वाचन मिति घोषणा भएपछि दर्ता प्रक्रिया रोकिने कानुनी व्यवस्था भएकाले आयोगले नागरिकलाई चाँडो प्रक्रिया पूरा गर्न अनुरोध गरेको हो।

हाल प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नं. ३, गण्डकी प्रदेशसभाको मनाङ १ (२)१३ स्थानीय तहमा पद रिक्त रहेका छन्।

मतदाता दर्ता प्रक्रिया सहज बनाउन आयोगले अनलाइन प्रि-रजिस्ट्रेशन प्रणाली लागू गरेको छ। इच्छुक व्यक्तिले आयोगको आधिकारिक वेबसाइट applyvr.election.gov.np मा गएर घरबाटै अनलाइन फाराम भर्न सक्नेछन्।

अन्य जिल्लाबाट पनि गर्न सकिन्छ आवेदन

स्थायी ठेगानाभन्दा फरक जिल्लामा बसोबास गरिरहेका नागरिकहरूले पनि आवश्यक कागजात अपलोड गरी आफ्नो स्थायी ठेगानामा नाम दर्ता गराउन सक्नेछन्। यस प्रणालीबाट मतदाता नामावलीमा भएका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने तथा बसाइँसराइसम्बन्धी विवरण अद्यावधिक गर्ने काम समेत गर्न सकिनेछ।

अनलाइन फाराम भर्दा ध्यान दिनुपर्ने कुराहरू

  • फारामको नेपाली भाग युनिकोड (ट्र्याडिसनल वा रोमनाइज्ड) प्रयोग गरी भर्नुपर्छ भने अंग्रेजी भागमा अंग्रेजी भाषा अनिवार्य छ।
  • * चिन्हित फिल्डहरू अनिवार्य रूपमा भर्नुपर्छ।
  • फाराम पेस गरेपछि ९ अङ्कको आवेदन नम्बर सहितको पावती प्रिन्ट गरी सुरक्षित राख्नुपर्छ।

अन्तिम दर्ता प्रक्रिया पूरा गर्न लाग्ने कागजातहरू

अनलाइन फाराम भरेर प्रि-रजिस्ट्रेशन गरेपछि सम्बन्धित दर्ता केन्द्रमा गई फोटो खिचाउने र औंठाछाप दिनुपर्ने हुन्छ। त्यसबेला निम्न कागजातहरू अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ:

  • अनलाइन फारामको प्रिन्ट गरिएको प्रति (९ अंकको आवेदन नम्बरसहित)
  • नेपाली नागरिकताको सक्कल र प्रतिलिपि
  • स्थायी ठेगाना फरक भएमा बसाइँसराइ प्रमाणपत्र (सक्कल र प्रतिलिपि)
  • विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र (सक्कल र प्रतिलिपि)

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top