भक्तपुरमा औद्योगिक तथा स्थानीय उत्पादन व्यापार मेला हुने

0

काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा भक्तपुरमा दुई वटा व्यापार मेलाको आयोजना हुने भएको छ। असार ६ र ७ गते भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला तथा असार ८ गते स्थानीय सीप तथा उत्पादन व्यापार मेला सञ्चालन हुने जनाइएको छ।

स्टार बैंक्वेट, कमलविनायक, भक्तपुरमा आयोजना हुने यी मेलाहरूले जिल्लाको मौलिक उत्पादन, स्थानीय स्रोत र हस्तकलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य लिएका छन्। करिब ५० हजार अवलोकनकर्ताको सहभागिता रहने अनुमान गरिएको छ।

मेलामा मौलिक हस्तकला, कृषि उत्पादन, साना तथा मझौला उद्योगद्वारा उत्पादित वस्तुहरू, चित्रकला, मूर्तिकला, स्थानीय खानाका स्टलहरूसहित ४० भन्दा बढी स्टल रहने छन्। सबै स्टलहरूको बुकिङ पूर्ण भइसकेको छ भने छिमेकी जिल्लाबाट समेत उल्लेखनीय सहभागिता रहनेछ।

स्थानीय सीप जगेर्नाका लागि पौभा पेन्टिङ, मुकुण्डो निर्माण, माटोका भाँडाकुँडा बनाउने, मूर्ति तथा चित्र बनाउनका कामहरू प्रत्यक्ष प्रदर्शन गरिनेछ। बालबालिकाका लागि बाल उद्यानको पनि व्यवस्था गरिएको छ।

मेलामा आन्तरिक तथा बाह्य पर्यटक, दैनिक उपभोग्य वस्तु उपभोक्ता, हस्तकला व्यवसायी, थोक–खुद्रा व्यापारी, संघसंस्था, सरकारी निकाय, विद्यार्थी, बैंक तथा सहकारी संस्थाका प्रतिनिधिलाई लक्षित गरिनेछ।

सुरक्षाका लागि मेला परिसरमा २४ सैं घण्टा सुरक्षा गार्ड तैनाथ गरिनेछ र रु। १ करोडसम्मको बीमा सुविधा उपलब्ध गराइएको छ। स्वयंसेवकमार्फत व्यवस्थापन सहयोग हुनेछ।

मेलाको प्रवद्र्धक चाँगुनारायण नगरपालिका, सहयोगी निकाय नेपाल उद्योग वाणिज्य महासंघ, सामाजिक साझेदार लायन्स इन्टरनेसनल तथा ब्लड डोनर्स एशोसिएसन नेपाल रहेका छन्। सञ्चार साझेदारमा ङातापोल एक्सप्रेस दैनिक, नमस्ते ख्वप एचडी, भक्तपुर एफएम र भादगाउँ टेलिभिजन छन्। बीमा साझेदार युनाइटेड अजोड इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्स हुन् भने मेला व्यवस्थापन इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रा।लि।ले गर्नेछ।

मेला निःशुल्क अवलोकन गर्न सकिनेछ। मेला अवधिभर बिहान १० बजे देखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रम समेत सञ्चालन हुनेछ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top