फोनिजद्वारा ‘पत्रकारितामा एआईको प्रयोग’ विषयक दुईदिने प्रशिक्षण भक्तपुरमा सम्पन्न

0


भक्तपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिको आयोजनामा ‘पत्रकारितामा एआईको प्रयोग’ सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम मध्यपुर थिमिको बोदेस्थित नर्थ प्वाइन्ट मलमा सम्पन्न भएको छ । बागमती प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग र फोनिज भक्तपुर शाखाको सहजीकरणमा सम्पन्न गरिएको हो ।

कार्यक्रमको उद्घाटन शुक्रवार मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले गरेको थियो । उनले बदलिंदो प्रविधिको सन्दर्भमा पत्रकारहरूले आफूलाई अपडेट गर्दै जानु आवश्यक रहेको उल्लेख गर्दै स्थानीय सरकार सधैं सञ्चारकर्मीहरूसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।

शनिबार समापन सत्रमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले एआईको सही उपयोगले पत्रकारितामा गुणात्मक सुधार ल्याउन सकिने बताउँदै सहभागीहरूलाई यसप्रति सचेत र सजग रहन आग्रह गरे । साथै उनले बोदे क्षेत्रको सांस्कृतिक र ऐतिहासिक महत्व औंल्याउँदै समाचार लेखनमा त्यसको समावेशीकरणको खाँचो रहेको औंल्याएका थिए ।


नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले पनि यस्ता कार्यक्रमले पत्रकारहरूको दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रमको उद्घाटन सत्र फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने फोनिज भक्तपुरका सचिव दीपक कायस्थले स्वागत मन्तव्य दिनुभएको थियो ।

तालिमका प्रशिक्षक समिर बालामीले पत्रकारिता क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग कसरी गर्न सकिन्छ, त्यसका सम्भावित फाइदा र चुनौतीहरूबारे विस्तृत रूपमा प्रशिक्षण दिनुभयो। उहाँले समाचार लेखन, अनुसन्धान, डाटा विश्लेषण, फ्याक्ट(चेकिङ तथा बहुभाषिक अनुवाद जस्ता क्षेत्रमा एआइले पुर्‍याउन सक्ने योगदानबारे व्याख्या गर्नु भयो। तालिम अन्तर्गत सहभागीहरूलाई व्यावहारिक अभ्याससमेत गराइएको थियो। दुई दिने तालिममा बागमती प्रदेशअन्तर्गतका काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, नुवाकोट, रसुवा, धादिङ, रामेछाप र दोलखा जिल्लाका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूमा फोनिजका सदस्य पत्रकारहरू लगायत नयाँ प्रविधिमा चासो राख्ने सञ्चारकर्मीहरू सहभागी थिए।

आयोजक संस्थाका अनुसार यस्ता कार्यक्रमले सञ्चारकर्मीहरूलाई एआई प्रविधिसँग आत्मसात् गराउँदै पत्रकारिता क्षेत्रमा नविनता ल्याउन सहयोग पु¥याउने विश्वास लिइएको छ ।




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top