विनायक शिक्षामा वः फेस्टिवल सम्पन्न

0



मध्यपुर थिमि । स्थानीय पाठ्यक्रमको उद्देश्य पूरा गर्दै विद्यार्थीहरूलाई रैथाने संस्कृति र खानाको महत्वबारे अवगत गराउने उद्देश्यले विनायक शिक्षा निकेतनले ‘वः फेस्टिवल’ सफलतापूर्वक सम्पन्न गरेको छ ।

विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिका अनुसार, यो कार्यक्रम केही वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको छ । “बजारिया खानेकुराभन्दा आफ्नै मौलिक परिकारहरूलाई प्राथमिकता दिँदै विद्यालयमा खाजाको रूपमा समावेश गर्न विद्यार्थीहरूलाई प्रोत्साहित गरिएको हो,” उनले बताए ।

फेस्टिवलको क्रममा विद्यार्थीहरूले आफ्नै घरमा तयार पारेका वः, चटामरी तथा अन्य परम्परागत परिकारहरू बिक्रीका लागि ल्याएका थिए । विद्यालय परिसरमै स्टलहरू राखी ती सामग्रीहरू शिक्षक, अभिभावक, आगन्तुक र अतिथि महानुभावहरूलाई बिक्री गरिएको थियो । केही विद्यार्थी समूहले विद्यालयमै ती परिकारहरू तयार पारी सेवा प्रदान गरेका थिए ।

यसका साथै, कार्यक्रममा दुई हप्ता अघिदेखि विद्यालयमा कार्यरत नेशनल ताइवान युनिभर्सिटीका स्वयंसेवक शिक्षकहरूको विदाई कार्यक्रमसमेत गरिएको थियो । ताइवानी स्वयंसेवकहरूले विद्यार्थीहरूलाई चिनियाँ भाषा, संस्कृति, विज्ञान र प्रविधिसम्बन्धी ज्ञान प्रदान गरेका थिए ।

उनीहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै विद्यालयका प्रिन्सिपल प्रजापतिले खादा र मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गरेको थियो । विदाई समारोहमा विनायकका विद्यार्थीहरूले परम्परागत अष्टमात्रिका नाचसहित विभिन्न सांस्कृतिक प्रस्तुति गरिएका थिए । त्यस्तै, ताइवानबाट आएका स्वयंसेवक शिक्षकहरूले पनि आफ्ना मौलिक नृत्य र गायन प्रस्तुत गरेर दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए ।

स्वयंसेवक समूहकी टोली नेतृ जेनिफरले नेशनल ताइवान युनिभर्सिटी र विनायक शिक्षा निकेतनबीचको सहकार्य विगत १० वर्षदेखि निरन्तर चलिरहेको जानकारी दिँदै आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने बताए ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top