पाकिस्तानका बौद्ध सम्पदामाथि केन्द्रित पुस्तक सार्वजनिक

0

काठमाडौं । पाकिस्तानमा अवस्थित ऐतिहासिक बौद्ध सम्पदाहरूको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित तयार गरिएको नेपाली भाषाको पुस्तक ‘पाकिस्तानका बौद्ध सम्पदाहरु’ काठमाडौंमा सार्वजनिक गरिएको छ । पाकिस्तानी राजदूतावासको आयोजनामा आयोजित समारोहमा प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का नेता भीमप्रसाद आचार्यले पुस्तकको विमोचन गरेका छन् ।

पुस्तकका लेखक ओमचरण अमात्य बौद्ध दर्शन, सम्पदा संरक्षण र अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा लामो समयदेखि कलम चलाउँदै आएका भक्तपुर निवासी विद्वान हुन् ।

विमोचन समारोहमा म्यानमारका राजदूत यु म्यो मिन्त माउङ, श्रीलंकाकी कार्यवाहक राजदूत चमिरा मुनेसिंघे विशेष अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा विभिन्न बौद्ध भिक्षु, विद्वान, राजनीतिक व्यक्तित्व, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा पाकिस्तानी राजदूतावासका अधिकारीहरूको उपस्थिति थियो । साथै, पाकिस्तानका विश्वविद्यालय तथा थिंक ट्याङ्कका प्रतिनिधिहरू अनलाइनमार्फत सहभागी भएका थिए ।

समारोहमा पाकिस्तानका लागि बौद्ध सम्पदा प्रवद्र्धन दूत ए. इमरान शौकतले भर्चुअल सम्बोधन गर्दै पाकिस्तानमा रहेका बौद्ध सम्पदाहरूको ऐतिहासिक महत्व र संरक्षणका प्रयासबारे जानकारी गराएका थिए ।

प्रमुख अतिथि भीमप्रसाद आचार्यले बौद्ध सम्पदालाई नेपाल र पाकिस्तानबीचको साझा सांस्कृतिक धरोहरको रूपमा उल्लेख गर्दै जनस्तरीय सम्बन्ध (पि २ पि) अभिवृद्धिको माध्यमका रूपमा यसको महत्व रहेको बताए । उनले सांस्कृतिक कूटनीतिको माध्यमबाट दुवै मुलुकबीचको सम्बन्ध अझ प्रगाढ बनाउनु पर्ने आवश्यकता औंल्याए ।

लेखक अमात्यले पुस्तकमार्फत पाकिस्तानका तक्षशिला, टक्सिला, स्वात उपत्यकालगायतका ऐतिहासिक बौद्ध स्थलहरूको वर्णन गर्दै ती स्थलहरूसँग नेपालको ऐतिहासिक तथा आध्यात्मिक सम्बन्धको बारेमा चर्चा गरेका छन् ।

पाकिस्तानका नेपालस्थित राजदूत अबरार एच. हाश्मीले पाकिस्तानले बौद्ध सम्पदाको संरक्षणलाई उच्च प्राथमिकता दिएको र यस्तो सम्पदा विश्व समुदायसँग साझा गर्न इच्छुक रहेको बताए । उनले अमात्यको प्रयासले नेपाल–पाकिस्तान सम्बन्धलाई नयाँ आयाम दिने विश्वास व्यक्त गरे ।

राजदूत हाश्मीले पुस्तकले अध्ययन, अनुसन्धान तथा तीर्थयात्रा प्रवद्र्धनमा योगदान दिने र नेपाली पाठकसमक्ष पाकिस्तानको समृद्ध सांस्कृतिक पक्ष उजागर गर्ने आशा व्यक्त गरे ।




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top