मध्यपुर थिमिमा ऐतिहासिक गुँला बाजा परिक्रमा साउन ९ गतेदेखि सुरु हुने

0

भक्तपुर । मध्यपुर थिमिमा बौद्ध परम्परामा आधारित ऐतिहासिक एवं सांस्कृतिक गुँला बाजा नगरपरिक्रमा यस वर्ष साउन ९ गते, शुक्रबारदेखि सुरु हुने भएको छ । श्री गणेश सांस्कृतिक समाज, कुम्हाननी–तुलंननी (मध्यपुर थिमि–५) द्वारा आयोजना हुने कार्यक्रमको तयारीहरू पूरा भइसकेका जनाएको छ ।

बिहीबार आयोजित जानकारीमूलक कार्यक्रम समाजका अध्यक्ष विजय प्रजापतिको सभापतित्वमा सम्पन्न भएको थियो । मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले गुँला बाजालाई नगरको मौलिक पहिचानको रुपमा व्याख्या गर्दै यस सांस्कृतिक सम्पदाको संरक्षण, विस्तार र निरन्तरताका लागि योगदान पु¥याउँदै आएका प्रजापति समुदायलाई सम्मान व्यक्त गरे ।

नगरप्रमुख श्रेष्ठले भने, “गुँला बाजा हाम्रो अमूल्य सांस्कृतिक सम्पदा हो । यसको संरक्षण र प्रबद्र्धनमा नगरपालिका सधैं प्रतिबद्ध रहन्छ ।”

विशेष अतिथि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले कला, संस्कृति र सम्पदाको संरक्षणमा मथिनपा सदैव अग्रसर रहेको उल्लेख गर्दै गुँला बाजा आयोजक समितिलाई धन्यवाद दिए ।

गुँला बाजाका वरिष्ठ गुरु मोहनकृष्ण प्रजापतिले गुँला बाजाको ऐतिहासिक पृष्ठभूमि, महत्व र उद्देश्यबारे धारणा राख्दै सांस्कृतिक अभ्यासको निरन्तरताका लागि युवाहरुलाई सक्रिय बनाउन आह्वान गरे । कार्यक्रममा प्रशिक्षार्थीहरूले धाँ बाजा प्रदर्शन गरेका थिए ।

श्री गणेश सांस्कृतिक समाजका उपाध्यक्ष राजकुमार प्रजापतिले स्वागत मन्तव्य र कोषाध्यक्ष वीरकृष्ण प्रजापतिले धन्यवाद ज्ञापन गरेका थिए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top