सूर्यविनायक नगरपालिका–८ मा अवस्थित कार्यालयको आफ्नै तीन रोपनी पाँच आना एक पैसा जग्गामध्ये एक हजार चारसय वर्गफिट क्षेत्रफलमा नयाँ भवन निर्माण गरिएको हो । यसअघि कार्यालय एकतले जीर्ण भवनमा सञ्चालन हुँदै आएको थियो, जुन भत्काएर अहिले साढे तीन तल्लाको आधुनिक भवन निर्माण गरिएको हो ।
बागमती प्रदेश सरकारको बजेटमार्फत निर्माण सम्पन्न भएको यो भवनको अनुमानित लागत तीन करोड ३१ लाख ३२ हजार रुपैयाँभन्दा बढी रहेकोमा भवन दुई करोड ९५ लाख रुपैयाँमा सम्पन्न गरिएको र समयावधि अगावै तयार भई हस्तान्तरण गरिएको जानकारी दिइएको छ ।
उद्घाटन समारोहमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला समन्वय समिति प्रमुख ईश्वरबहादुर थापा, बागमती प्रदेश सांसद सुरेश श्रेष्ठ, डा. राजेन्द्रमान श्रेष्ठ, धनेश्वरी प्रजापति, भावना श्रेष्ठलगायतका व्यक्तिहरू उपस्थिति रहेको थियो ।
समारोहको अध्यक्षता कार्यालय प्रमुख रामप्रसाद कुस्माले गरेका थिए भने, धन्यवाद ज्ञापन कार्यालयका शिक्षक लक्ष्मीप्रसाद कासुलाले गरेका थिए ।