नेपालमा पहिलो पटक कृत्रिम गर्भाधान प्रविधिबाट मौरीको रानु उत्पादन सफल

0


काठमाडौं । 
नेपालमा पहिलोपटक कृत्रिम गर्भाधान (Artificial Insemination - AI) प्रविधिमार्फत मौरीको रानु उत्पादन गर्न सफल भएको छ। मौरीपालन विकास कार्यक्रम, भण्डाराले प्रविधिको प्रयोग गरेर पाँचवटा रानु मौरी उत्पादन गरेको हो।

कार्यक्रम प्रमुख सुजन अम्गाईंका अनुसार यो उपलब्धि अमेरिकाको युनिभर्सिटी अफ फ्लोरिडाका मौरी प्रजनन विज्ञको प्राविधिक सहयोगमा सम्भव भएको हो। यस प्रविधिको प्रयोग मौरीको नश्ल सुधार गर्ने उद्देश्यसहित गरिएको हो।

रानु उत्पादनको कार्य तालिमप्राप्त युवा कृषक एलिस महर्जन र मौरीपालन विकास कार्यक्रमका प्राविधिकहरूको संयुक्त प्रयासमा सम्पन्न गरिएको अम्गाईंले जानकारी दिए।

उनका अनुसार कार्यालयको निरन्तरको प्रयासपछि यसपटक रानु उत्पादनमा पहिलोपटक सफलता हात परेको हो। अघिल्लो आर्थिक वर्षमा पनि एकपटक रानु उत्पादन गरिएको थियो, तर त्यसलाई जोगाउन नसकिएको अम्गाईंले स्मरण गरे। तर यसपटक उत्पादन भएका रानुलाई सफलतापूर्वक संरक्षण गर्न सकिएको छ।

नयाँ प्रविधिबाट तयार पारिएका रानु मौरीहरूले मह उत्पादनमा वृद्धि गर्न सहयोग गर्ने र तिनमा रोग प्रतिरोधी क्षमता उच्च हुने अपेक्षा गरिएको छ। यद्यपि, ती रानुको जीवनचक्र र दीर्घकालीन प्रभावबारे थप अनुसन्धान आवश्यक रहेको जनाइएको छ।

कृत्रिम गर्भाधानका लागि मेरीफेरा जातको मौरी प्रयोग गरिएको थियो।

– रासस

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top