भक्तपुर । सेवाग्रहीसँग २४ लाख ५० हजार रुपैयाँ घुस लिँदै गरेका भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुर, भूमि सुधारका शाखाका प्रमुख मालपोत अधिकृत कुमार आचार्य अख्तियारको फन्दामा परेका छन् ।
उनी सहितको टोलीले मोही र तल्सिङको मुद्दा मिलाइदिने भन्दै उक्त रकम मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । कार्यालय सहयोगी टिकाराम राउत पनि घुस प्रकरणमा संलग्न रहेको खुलेको छ ।
अख्तियारको टोलीले उनीहरूलाई रंगेहात कार्यालउ परिसर व्यासीबाटै पक्राउ गरेको जनाएको छ । साथमा दुई थान मोबाइल समेत बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको आयोग स्रोतले जनाएको छ ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
