भक्तपुरमा सम्भावित विपद् क्षेत्र पहिचान, २४ घण्टा तयारीमा रहन निर्देशन

0



भक्तपुर । जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरमा बसेको बैठकले मनसुन शुरु भएसँगै उत्पन्न हुन सक्ने सम्भावित प्राकृतिक विपद्हरूबाट हुनसक्ने जनधनको क्षति न्यूनिकरणका लागि पूर्वतयारीमा जुट्न जिल्लाका सबै सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

जिल्लामा डुवान, पहिरो, बाढी, भूकम्प, आगलागी, महामारी, आँधीबेहरी, चट्याङलगायतका प्राकृतिक विपद्को जोखिम उच्च रहेको भन्दै समितिले जिल्लाका चारवटै स्थानीय तह—भक्तपुर, सुर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमि नगरपालिकालाई २४ सै घण्टा तयारी अवस्थामा रहन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको सभापतित्वमा भएको बैठकमा राजनीतिक दल, तीन बटै सुरक्षा निकायका प्रमुखहरु तथा सम्बन्धित जिल्ला सरकारी कार्यालयहरूलाई समेत उच्च सतर्कताका साथ विपद्‌ व्यवस्थापनमा खटिन निर्देशन दिएका छन् ।

उनले विपद्को समयमा विशेष गरी खेतीयोग्य जमिन, अन्न भण्डारण, बीउबिजन, पशुपालन, पूर्वाधार तथा मानव बस्तीहरू प्रभावित हुन सक्ने जनाउँदै जोखिम न्युनिकरण र तदारुकताका साथ कार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

साथै विपद्का कारण भुमिहीन, साना कृषक र विपन्न समुदायहरू बढी प्रभावित हुन सक्ने भन्दै उनीहरूलाई लक्षित राहत तथा सहयोगको तयारीमा लाग्न समेत सुझाव दिइएको छ ।

विपद्का कारण उर्वर भूमि कटानी भएर अनुत्पादक बन्ने, पशु चौपाया नष्ट हुने, ग्रामीण जीविकोपार्जनमा नोक्सानी पुग्ने, शहरी तथा ग्रामीण पूर्वाधार भत्किने, आवातजावत अवरुद्ध हुने, सञ्चार, पुलपुलेसा, सिंचाइ, खानेपानी तथा सरसफाइ सेवामा अवरोध आउन सक्ने सम्भावनाका विषयमा समितिले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले कुनै पनि विपद्को समयमा मानव तथा भौतिक क्षति न्युनिकरणका लागि सबै तहका सरकारी निकाय, स्थानीय समुदाय र स्वयंसेवी संघसंस्थाबीच समन्वय र सहयोग अपरिहार्य रहेको जनाएको छ । साथै समितिले मध्यपुर थिमि नगरपालिकाको बडा नं. ९ स्थित नीलबाराही मन्दिर परिसर पहिरोको उच्च जाखिममा रहेको स्थान बचाउ अभियान अन्तर्गत स्थानीयको जनसहभागितालाई उपयोग गर्दै सरकारको योजना कार्यान्वयन गर्न आवश्यक समन्वयात्मक भूमिका निभाउन स्थानीय सरकारलाईसमेत निर्देशनात्मक आदेश दिइएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top