मल्लकालीन बस्ती चित्रपुरका स्ववासीले पाए जग्गाको धनीपुर्जा

0



भक्तपुर । मल्लकालीन इतिहास बोकेको भक्तपुरको चित्रपुर बस्तीका स्ववासीहरुले सयौँ वर्षदेखि भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्वको प्रमाण पुर्जा पाएका छन् । नापी कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिका–४ स्थित दधिकोट च्वपू (चित्रपुर)का लालपूर्जा विहीन ९८ घरपरिवार स्थानीयलाई जग्गाको स्रेस्ता (धनी पुर्जा) वितरण गरेको हो ।

बुधबार आयोजित एक कार्यक्रममार्फत सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वासुदेव थापाले स्ववासीलाई धनीपुर्जा हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नापी कार्यालय भक्तपुरका प्रमुख डा. प्रदीप सापकोटा, भूमि आयोग भक्तपुरका अध्यक्ष दीपक बिसुङ्गे लगायतको सहभागिता रहेको थियो ।

नगर प्रवक्ता तथा वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाका अनुसार स्ववासीहरुले पुस्तौँदेखि भाग चलन मार्फत प्रयोग गर्दै आएको जग्गा भए पनि कानुनी रूपमा स्रेस्ता नहुँदा उनीहरूमा अन्यौलको वातावरण थियो । “पक्की घर बनिसकेको, तर जग्गा आफ्नो नाममा नभएकाले सरकारले जफत गर्ने डर थियो । ऋण लिन पनि सक्दैनथे,” सापकोटाले भने । उनका अनुसार नगरपालिकाको निरन्तर प्रयासपछि नाप नक्सा सम्पन्न भई अन्ततः धनीपुर्जा वितरणको प्रक्रिया सम्पन्न भएको हो । उनले पुर्जा प्राप्त गरेपछि स्थानीयको अनुहारमा देखिएको खुसी उल्लेख गर्दै यसलाई ऐतिहासिक सफलता भनेका छन् ।

चित्रपुरको यो कार्यले ऐतिहासिक बस्तीको संरक्षणसँगै स्थानीयलाई कानुनी अधिकार सुनिश्चित गरेको बताइएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top