चाँगुनारायणका स्वास्थ्यकर्मीलाई मनोसामाजिक प्राथमिक उपचार तालिम सम्पन्न

0



भक्तपुर । चाँगुनारायण नगरपालिकामा संचालित ‘स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना’ अन्तर्गत मनोसामाजिक प्राथमिक उपचारसम्बन्धी तीन दिने तालिम मंगलबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा र चाँगुनारायण नगरपालिकाको साझेदारी तथा स्वीस रेडक्रसको आर्थिक सहयोगमा आयोजित तालिममा नगरभित्रका १० स्वास्थ्य संस्थाका २४ जना स्वास्थ्यकर्मी सहभागी थिए ।

तालिममा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको महत्व, तनावपूर्ण घटनामा देखिने प्रतिक्रिया, ज्येष्ठ नागरिकमा देखिने मनोसामाजिक समस्या पहिचान र समाधान, आत्महत्या रोकथाम तथा घटनापछि सम्हाल्ने प्रक्रिया लगायत विषयमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिइएको थियो । प्रशिक्षकहरू दिपक पोखरेल र टिकाराज पौडेलले प्रशिक्षण दिएका थिए ।

समापन समारोहमा नगरप्रमुख जीवन खत्रीले तालिमले स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यप्रति अझ संवेदनशील र सक्षम बनाउने विश्वास व्यक्त गरे । उनले चाँगुनारायण नगरपालिकाका सबै स्वास्थ्य केन्द्रहरूमा मनोसामाजिक परामर्श सेवा विस्तार गर्दै ज्येष्ठ नागरिकको सेवा सुविधामा वृद्धि गर्दै जाने जानकारी दिए । “शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यमा पनि उत्तिकै ध्यान दिनु आवश्यक छ,” प्रमुख खत्रीले भने, “स्वस्थ स्वास्थ्यकर्मी नै स्वस्थ समाज निर्माणका संवाहक हुन् ।”

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति परशुराम पाण्डेले मानसिक स्वास्थ्यको क्षेत्रमा रेडक्रसले पु¥याएको योगदानमाथि प्रकाश पार्दै यस्ता तालिमहरूले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल रेडक्रसका मन्त्री धर्मराज कार्की, कोषाध्यक्ष प्रदीप कुमार केसी, नगरका स्वास्थ्य शाखा प्रमुख दिलकुमार दुवाल, विपद् व्यवस्थापन इकाइ प्रमुख दिनेश थापा, वडा नं. २ का अध्यक्ष सोमप्रसाद प्रधान लगायतको उपस्थिति रहेको थियो । तालिमको समन्वय नेपाल रेडक्रसका स्वास्थ्य विभाग उपनिर्देशक बालकृष्ण सेढाँइले गरेको थियो ।

‘स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजना’ अन्तर्गत चाँगुनारायण नगरपालिकाले सन् २०२४ देखि २०२६ सम्म सबै वडामा स्थापित ‘ज्येष्ठ नागरिक मिलन चौतारी’ मार्फत ज्येष्ठ नागरिकको जीवनस्तर उमेरमैत्री बनाउर्ने  लक्ष्य लिएको छ । परियोजनाले वृद्ध नागरिकलाई स्वस्थ, सक्रिय, सुरक्षित र मर्यादित जीवन यापन गर्न सक्षम बनाउने उद्देश्य राखेको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top