विजुक्छेका जेलबाट लेखिएका चिठ्ठीहरू ‘Letter from Jail’ पुस्तकको अंग्रेजी संस्करण विमोचित

0

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको जेल जीवनका अनुभवहरू समेटिएको पुस्तक ‘Letter from Jail’ को अंग्रेजी संस्करण सार्वजनिक गरिएको छ।

शुक्रबार भक्तपुरको बाराहीस्थानस्थित होटल हेरिटेजमा आयोजित एक कार्यक्रममार्फत पुस्तक विमोचन गरिएको हो। पुस्तकमा अध्यक्ष विजुक्छेले सन् १९८८ देखि १९९० सम्मको २२ महिनाको जेल जीवनका क्रममा आफ्नी श्रीमती शोभा विजुक्छेलाई लेखेका पत्रहरूको संग्रह समावेश गरिएको छ।

बालविकास सेकेन्डरी स्कुलद्वारा प्रकाशित उक्त कृति नेपाली संस्करणमा पहिल्यै सार्वजनिक भइसकेको थियो। अंग्रेजी संस्करणको प्रकाशन भने श्रीमती शोभाको तेस्रो पुण्यतिथिको अवसर पारेर गरिएको हो। उनको निधन २०७९ साल असार ८ गते भएको थियो।

पुस्तकमा जेलभित्रको संघर्ष, जीवन, समाज, भक्तपुरको कला र संस्कृति, राजनीति र दर्शनसम्बन्धी विषयहरू भावुक ढंगले प्रस्तुत गरिएको छ। “जेलको साँघुरो र अँध्यारो कोठाबाट मैले देश र मनका कुरा चिठीमार्फत व्यक्त गर्ने प्रयास गरेँ,” कार्यक्रमका क्रममा विजुक्छेले भने।

पुस्तक विमोचन कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरू सुरेन्द्रराज गोसाई र श्रृजना सैजु, वरिष्ठ कवि नरेन्द्र प्रसाई, कवियत्री इन्दिरा प्रसाई, पुस्तकका अनुवादक अनुराज जोशी र समालोचक अभय श्रेष्ठलगायत वक्ताहरूले कृतिको समीक्षा गरेका थिए।

पुस्तकले राजनीतिक प्रतिबद्धता, पारिवारिक संवेदना र सांस्कृतिक चेतनालाई एकसाथ प्रस्तुत गर्दै पाठकलाई भावनात्मक रूपमा छुने विश्वास आयोजकले व्यक्त गरेका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top