उपत्यकाका तीनवटै जिल्लामा कर्फ्यु आदेश, जेनजी आन्दोलनको प्रभाव उग्र

0


काठमाडौं । जेनजी पुस्ताको आन्दोलन उग्र बनेपछि काठमाडौं उपत्यकाका तीनै जिल्लामा कर्फ्यु आदेश जारी गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयहरूले मंगलबार बिहान छुट्टाछुट्टै सूचना प्रकाशित गर्दै मुख्य क्षेत्रमा कर्फ्यु लगाएका हुन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिका अन्तर्गत पर्ने चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार मंगलबार बिहान ८:३० बजेदेखि लागू हुने गरी आदेश जारी गरेका हुन्। कर्फ्यु अवधिभर सो क्षेत्रमा आवत-जावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न निषेध गरिएको छ।

ललितपुर जिल्ला प्रशासन कार्यालयले पनि बिहान ७ बजेदेखि राति १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा जारी आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ का केही क्षेत्रहरूमा चारकिल्ला तोकी कर्फ्यु लागु गरिएको हो। उक्त क्षेत्रमा कुनै पनि गतिविधि गर्न नपाइने स्पष्ट गरिएको छ।

भक्तपुर जिल्ला प्रशासनले पनि कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेका अनुसार भक्तपुर नगरपालिकासहित मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाभित्र कर्फ्यु लागू गरिएको छ। बिहान ८:३० बजेदेखि लागू भएको कर्फ्यु अर्को आदेश नभएसम्म कायमै रहने जनाइएको छ।

यसअघि सोमबारको प्रदर्शन हिंसात्मक बन्दा १९ जनाको मृत्यु भएको थियो भने दुई सयभन्दा बढी घाइते भएका थिए। आन्दोलनको दोस्रो दिन पनि कर्फ्यु आदेशको बाबजुद जेनजीहरू बानेश्वर क्षेत्रमा भेला हुन थालेका छन्, जसले अवस्था थप तनावपूर्ण बनाएको छ।

सुरक्षाकर्मीहरू उपत्यकाका कर्फ्युग्रस्त क्षेत्रहरूमा बाक्लो रूपमा परिचालनमा छन्। प्रशासनले नागरिकहरूलाई कर्फ्यु आदेशको पालना गर्न आग्रह गरेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top