मेटाको नयाँ एन्टी-स्क्याम टुल : ह्वाट्सएप र मेसेन्जर प्रयोगकर्ताको सुरक्षामा नयाँ पहल

0



काठमाडौं । मेटाले आफ्ना लोकप्रिय सन्देश सेवा ह्वाट्सएप र मेसेन्जर प्रयोगकर्तालाई ठगी (स्क्याम) प्रयासबाट जोगाउन नयाँ एन्टी-स्क्याम टुल सार्वजनिक गरेको छ । कम्पनीले मेसेन्जरमा एड्भान्स स्क्याम–डिटेक्सन सिस्टम परीक्षण सुरु गरेको छ, जसले सन्दिग्ध च्याटहरू पहिचान गरी प्रयोगकर्तालाई चेतावनी दिनेछ।

नयाँ प्रणालीले जब कुनै अपरिचित वा सन्दिग्ध कन्ट्याक्टले सन्देश पठाउँछ, प्रयोगकर्तालाई सम्भावित स्क्यामको चेतावनी देखाउनेछ। यसका साथ प्रयोगकर्ताले एआई स्क्याम रिभ्यु मार्फत पछिल्ला सन्देशहरू विश्लेषण गराई ठगीका संकेतहरू जाँच गर्न सक्नेछन्। यदि स्क्याम गतिविधि पत्ता लागेमा, प्रयोगकर्तालाई सतर्क गराइने र ब्लक वा रिपोर्ट गर्ने विकल्प सुझाइनेछ।

मेटाका अनुसार, यो सुविधा पूर्वनिर्धारित रूपमा सक्रिय (enabled by default) हुनेछ, तर प्रयोगकर्ताले चाहेमा Privacy & Safety Settings मा गई Scam Detection विकल्प निस्क्रिय (disable) गर्न सक्नेछन्।

ह्वाट्सएपमा पनि कम्पनीले यस्तै चेतावनी प्रणाली थपेको छ, जसले प्रयोगकर्तालाई अपरिचित कन्ट्याक्टसँग भिडिओ कल सुरु गर्दा वा स्क्रिन शेयर गर्दा सचेत रहन आग्रह गर्छ। मेटाले जनाएअनुसार, स्क्यामरहरूले प्रायः स्क्रिन शेयर गराउने बहानामा बैंक विवरण वा अथेन्टिकेटर कोड जस्ता संवेदनशील जानकारी हात पार्ने प्रयास गर्छन्।

त्यस्तै, ह्वाट्सएपले ग्रुप च्याट सुरक्षालाई अझ बलियो बनाउन नयाँ सुविधा थपेको छ। अब प्रयोगकर्ताले अपरिचित कन्ट्याक्टले ग्रुपमा थप्दा सम्भावित स्क्याम प्रयासको संकेत देख्न सक्नेछन्। नयाँ सेफ्टी ओभरभ्यु कन्केक्स्ट कार्ड मार्फत ग्रुपको निर्माण मिति, सदस्य संख्या, र ग्रुपमा कसले थप्न सक्छ भन्ने विस्तृत जानकारी प्रदान गरिनेछ।

यससँगै, ह्वाट्सएपले प्रयोगकर्तालाई कन्ट्याक्ट लिस्ट बाहिरका व्यक्तिबाट सन्देश प्राप्त हुँदा पनि सूचित गर्नेछ, जसले सन्देश पठाउने व्यक्तिको पृष्ठभूमि र सन्दर्भबारे थप जानकारी उपलब्ध गराउनेछ।

मेटाले विश्वास व्यक्त गरेको छ कि यी नयाँ उपकरणहरूले प्रयोगकर्तालाई ठगी गतिविधिबाट जोगाउन र अनलाइन सुरक्षाबारे सचेत बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउनेछन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top