मतदाताको कट-अफ-डेट निर्धारण, नामावली सच्याउन मंसिर २१–२७ सम्म समय

0

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि मतदाताको उमेर कट-अफ-डेट तथा मतदाता नामावली अद्यावधिक कार्यक्रम सार्वजनिक गरेको छ। आयोगका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई यस निर्वाचनका लागि योग्य मतदाता मानिनेछ।

आयोगले देशभरबाट ५ मंसिरसम्म सङ्कलित प्रारम्भिक मतदाता नामावलीमध्ये फागुन २०, २०८२ सम्म १८ वर्ष उमेर पुग्ने सबैको नाम समावेश गरी संशोधित नामावली २० मंसिरमा सार्वजनिक गर्ने जनाएको छ।

सार्वजनिक नामावलीमा त्रुटि भेटिएमा सच्याउन, दोहोरो नाम समावेश भएकामा एक स्थानमा मात्र कायम गराउन, झुटा विवरण पेस गरी नाम चढाइएको भए उजुरी दर्ता गर्न तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन मंसिर २१ देखि २७ गतेसम्म निवेदन दिन सकिनेछ।

यसका लागि आयोगको वेबसाइटमार्फत अनलाइन वा सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा पुगेर निवेदन, उजुरी वा सूचना दर्ता गर्न सकिने आयोगले स्पष्ट पारेको छ। प्राप्त सबै निवेदन र उजुरीको छानबिन पूरा गरी अन्तिम मतदाता नामावली १५ पुस २०८२ मा सम्बन्धित निर्वाचन कार्यालय तथा वडा कार्यालयमार्फत प्रकाशित गरिने आयोगले जानकारी दिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top