सम्मेलनले हाल विश्वव्यापी रूपमा मासिक धर्म उत्पादनका लागि कुनै एकीकृत मानक नभएको स्थितिमा अन्तर्राष्ट्रिय मानकीकरण संगठन (ISO) को प्राविधिक समिति ३३८ (ISO TC 338) ले विकास गरिरहेको नयाँ मानकको आवश्यकता र प्रभावबारे विस्तृत चर्चा गरेको थियो। बिहानको सत्रमा उक्त मानकको प्रगतिबारे जानकारी दिँदै अन्तर्राष्ट्रिय मापदण्डले नेपालमा भइरहेका प्रयासलाई कसरी सुदृढ गर्न सक्छ भन्नेबारे विशेषज्ञहरूले प्रस्तुति दिएका थिए। सहभागीहरूले नेपालले विकासाधीन ISO TC 338 मानकमा सक्रिय भूमिका खेल्न पाउने अवसरलाई महत्वपूर्ण उपलब्धिकै रूपमा लिए।
डेज फर गर्ल्स नेपालकी देशीय निर्देशक माया खाइतुले विभिन्न सरोकारवालालाई एकैथलोमा ल्याएर महिनावारी उत्पादन मानकबारे छलफल गर्नु नेपालका प्रयोगकर्ताको स्वास्थ्य सुरक्षाको दिशामा ठूलो कदम भएको बताइन्। “ISO TC 338 मा नेपालको सहभागिताले राष्ट्रिय अभियानलाई बलियो बनाउँदै सुरक्षित र प्रभावकारी उत्पादन प्रवर्द्धन गर्न मद्दत गर्नेछ,” उनले भनिन्।
दिउँसोको सत्रमा स्थानीय संस्थाले महिनावारी स्वास्थ्यसम्बन्धी प्रभावकारी परियोजना र अनुसन्धान प्रस्तुत गरे। त्यसपछि सरोकारवालाबीचको म्यापिङ अभ्यासमार्फत वर्तमान खाडलहरू र भविष्यका अवसर पहिचान गरिएको थियो। स्वीडिश इन्स्टिच्युट अफ स्ट्यान्डर्ड्सका डा. उलरिक रायलले नेपालमा महिनावारी स्वास्थ्य सुधारका लागि भइरहेका प्रयासप्रति प्रशंसा व्यक्त गर्दै सम्मेलनले उपलब्ध गराएको अनुभवलाई ‘बहुमूल्य अन्तर्दृष्टि’ भएको बताए।
सहभागीहरूले नेपालको भौगोलिक, सामाजिक र सांस्कृतिक सन्दर्भअनुसार उपयुक्त मानक विकास गर्न नेपालले ISO TC 338 प्रक्रियामा सक्रिय रूपमा संलग्न हुनु अनिवार्य रहेको निष्कर्ष निकाले। उनीहरूको भनाइमा, यसले महिनावारी उत्पादनलाई सुरक्षित, पहुँचयोग्य र उच्च गुणस्तर सुनिश्चित गर्न दीर्घकालीन योगदान पुर्याउनेछ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
