नगरव्यापी फुटसल प्रतियोगितामा विनायक शिक्षा निकेतन प्रथम

0


मध्यपुर थिमि । शिक्षासँगै खेलकुद क्षेत्रमा समेत अग्रणी मानिने  विनायक शिक्षा निकेतन ले “इङ्लिश स्कूल फुटसल प्रतियोगिता” मा प्रथम स्थान हासिल गरेको छ। मध्यपुर प्याब्सनद्वारा मङ्सिर ११ गतेदेखि १४ गतेसम्म आयोजित अन्तरनगरव्यापी विद्यालयस्तरीय फुटसल प्रतियोगितामा ३२ वटा टिमलाई पछि पार्दै विनायक शिक्षा निकेतनले उपाधि हात पार्न सफल भयो।

सेमीफाइनलमा विद्यालयले एडभान्स एकेडेमीलाई ४–० ले पराजित गरेको थियो भने फाइनल खेलमा सीबीएम स्कुललाई ४–१ गोलले हराउँदै विजयी बनेको हो।

अब मध्यपुर–थिमिको उत्कृष्ट टिमको हैसियतले विनायक शिक्षा निकेतनले अन्य तीन विद्यालयसहित मङ्सिर १६ र १७ गते भक्तपुर प्याब्सनद्वारा आयोजित जिल्लास्तरीय फुटसल प्रतियोगिता मा सहभागिता जनाउनेछ।

उपाधि विजेता सम्पूर्ण खेलाडीहरूलाई विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापति ले हार्दिक बधाई तथा आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ। उनले जिल्लास्तरीय प्रतियोगितामा पनि टीमले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top