मध्यपुर थिमि । शिक्षा, संस्कार र अनुशासनलाई युगानुकूल ढंगले अघि बढाउँदै शैक्षिक संस्था विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा २०८२ पौष २३ बाट खेलकुद मेला कार्यक्रमको शुभारम्भ गरिएको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले रिबन काटेर ३८ वटा बेलुन उडाएर खेलकुद मेलाको औपचारिक उद्घाटन गरेको हो । विद्यालयको ३८औँ वार्षिक उत्सवको शुभ सन्ध्यामा आयोजना गरिएको उक्त खेलकुद मेला पहिलो चरणअन्तर्गत पौष २५ गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ ।
विद्यालयको अतिरिक्त क्रियाकलाप (भ्ऋब्) टिमको संयोजनमा वार्षिक क्यालेण्डरअनुसार सञ्चालन गरिएको उक्त खेलकुद मेलामा तहगत रूपमा विभिन्न प्रतियोगिता आयोजना गरिएका छन् । विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाका अनुसार पूर्व–प्राथमिक तह, कक्षा १ देखि ३ सम्म तथा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरूका लागि छुट्टाछुट्टै स्थान र फरक–फरक प्रकारका खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिने जानकारी पनि दिइएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थापक प्रिन्सिपल प्रजापतिले खेलकुद शारीरिक तथा मानसिक विकासको महत्वपूर्ण आधार भएको उल्लेख गरे । उनले विद्यालयले स्थापना कालदेखि नै शैक्षिक गुणस्तरसँगै खेलकुदलाई पनि समान प्राथमिकता दिँदै आएको र यसै क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सफल भएको जानकारी दिएका थिए । साथै, खेलकुद दिवसलाई भव्य र सभ्य रूपमा सफल बनाउन र प्रत्येक प्रतियोगितामा उत्कृष्ट बन्दै पुरस्कृत हुन सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरे ।
खेलकुद मेला कार्यक्रमको औपचारिक समापन भने यही माघ ८ गते गठ्ठाघरस्थित खेलकुद मैदानमा आयोजना गरिने विद्यालयले जनाएको छ ।





%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
