सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी विज्ञप्तिअनुसार होलीका दिन भीड जम्मा गर्ने, मेला–महोत्सव आयोजना गर्ने तथा मञ्च निर्माण गरी सांगीतिक कार्यक्रम सञ्चालन गर्ने जस्ता गतिविधि गर्न नपाइने स्पष्ट गरिएको छ।
प्रशासनले घरपरिवार, आफन्त र साथीभाइबीच कसैलाई अवरोध नपर्ने गरी मर्यादित रूपमा होली मनाउन आग्रह गरेको छ। साथै, होलीका नाममा होहल्ला गर्ने, झैझगडा गर्ने, शान्ति सुरक्षामा खलल पुर्याउने, इच्छा विपरीत रङ दल्ने वा लोला हान्ने तथा मादक पदार्थ सेवन गरी सामाजिक सद्भाव र सार्वजनिक मर्यादाविपरीत गतिविधि नगर्न अनुरोध गरिएको छ।
त्यस्तै, निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै होलीका अवसरमा निर्वाचन प्रचारप्रसारलाई सहयोग पुग्ने कुनै पनि कार्य गर्न नपाइने जनाइएको छ। विज्ञप्तिमा निर्वाचन चिह्न तथा उम्मेदवारका तस्बिर अंकित भेस्ट, टी–सर्ट, कमिज, गम्छालगायतका पोसाक प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ।
प्रशासनले उल्लिखित निर्देशनको पालना गर्न सबै सरोकारवालासँग अपिल गरेको छ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
