मध्यपुर थिमिमा ‘विनायक शैक्षिक प्रदर्शनी २०८२’ सम्पन्न

0



भक्तपुर,विनायक शिक्षा निकेतनको ३७औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘विनायक शैक्षिक प्रदर्शनी २०८२’ भव्य रूपमा सम्पन्न भएको छ। प्रदर्शनीको उद्घाटन काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक डा. चेतनाथ पन्तले गरेका थिए।

उद्घाटन समारोहमा प्रमुख अतिथि डा. पन्तले यस्ता शैक्षिक प्रदर्शनीहरूले विद्यार्थीहरूको सिर्जनशीलता, अनुसन्धान क्षमता र व्यवहारिक सिकाइमा उल्लेखनीय अभिवृद्धि गर्ने बताए। उनले व्यवहारिक तथा अनुसन्धानमुखी शिक्षाले समग्र शैक्षिक गुणस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यालयले पछिल्ला केही वर्षदेखि STEAM Approach अन्तर्गत पठनपाठन सञ्चालन गर्दै आएको जानकारी दिए। उनका अनुसार प्रि–स्कूलदेखि सेकेन्डरी तहसम्मका विद्यार्थीहरूले विज्ञान, गणित, कम्प्युटर, रोबोटिक्स, सामाजिक अध्ययन, स्थानीय पाठ्यक्रम, अंग्रेजी, नेपाली तथा स्थानीय संस्कृति झल्किने बाजागाजासहित १०० भन्दा बढी स्टलमार्फत आफ्ना परियोजना तथा सिर्जना प्रस्तुत गरेका थिए।

प्रदर्शनीसँगै बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले एकल गायन प्रतियोगिता पनि आयोजना गरिएको थियो। एक सयभन्दा बढी सहभागीमध्येबाट छनोट भई अन्तिम चरणमा पुगेका १० विद्यार्थीबीच भएको प्रतिस्पर्धामा क्रिस्टिना धौबन्जा प्रथम, प्रकृति सिंह ठकुरी द्वितीय तथा रियानसी श्रेष्ठ तृतीय भएका थिए।

विजयी विद्यार्थीहरूलाई मध्यपुर थिमि नगरपालिका वडा नं. ६की वडा सदस्य अरुणा कारजितले ट्रफी तथा प्रमाणपत्र वितरण गरेकी थिइन्।

हजारभन्दा बढी अभिभावक तथा विद्यार्थीहरूको सहभागितामा सम्पन्न उक्त प्रदर्शनी सफल बनाउन सहयोग गर्ने शिक्षक, अभिभावक तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै प्रिन्सिपल प्रजापतिले यस्ता कार्यक्रम आगामी वर्षहरूमा पनि निरन्तर आयोजना गरिने जानकारी दिए।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top