परम्परागत भेषभूषा तथा प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न

0



भक्तपुर । विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा परम्परागत भेषभूषा प्रदर्शन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। “परम्परागत भेषभूषा र संस्कृति: हाम्रा सम्पत्ति” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा पूर्व–प्राथमिक तहका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछीको सभापतित्व तथा मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ का अध्यक्ष ज्ञानदास प्रजापतिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापति, सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौला, अभिभावक डा. दिनेश प्रजापति, महेश प्रजापति तथा काठमाडौं विश्वविद्यालयका शिक्षाविद् राजेन्द्र दाहाल विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा पूर्व प्राथमिक तहकी इन्चार्ज शोभा प्रजापतिले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने पूर्व प्राथमिक संयोजक पदमकेशरी श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन्। बालबालिकाहरूलाई सानैदेखि आफ्ना मौलिक भेषभूषा र सांस्कृतिक पहिचानप्रति सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले गुणस्तरीय शिक्षासँगै नैतिकता, चरित्र र संस्कारयुक्त जीवनशैली विकास गर्न परम्परा, भेषभूषा र संस्कृतिको महत्वपूर्ण भूमिका रहने बताए। यस्ता सांस्कृतिक धरोहरको संरक्षणका लागि विद्यालयले दशकौँदेखि निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उनले उल्लेख गरे।

प्रतियोगितात्मक रूपमा आयोजित कार्यक्रममा निर्णायक अनु खड्का र आयुष्मा खड्काले मूल्याङ्कन गरेका थिए। विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए। साथै, खेलकुद, अतिरिक्त तथा वार्षिक क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top